काठमाडौँ । केही वर्षपहिलेसम्म अन्डरगार्मेन्टमा सुन र लागू औषध तस्करी हुँदै आएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय लागू औषध गिरोहले मानव शरीरलाई ‘औषध वाहक’ बनाउन थालेको छ ।
Advertisement
अहिले महिला तथा पुरुषको गोप्य अंगमा सुन र लागु औषध लुकाएर तस्करी हुने प्रचलन बढ्न थालेको हो । यसो गर्दा उनीहरुको ज्यान जोखिममा परेको छ ।
दुनियाँलाई चकित बनाउने कुरा यो हो कि यी मानव लागु औषध वाहकले आफ्नो ज्यान जोखिममा राखेर ३० हजारदेखि एक लाख ६० हजार रुपैयाँसम्मको कमिशन तथा सित्तैमा उडान टिकटको लोभमा करोडौँको लागु औषध तस्करी गरिरहेका छन् ।
आफ्नो निजी अंगको प्रयोगबाट लागु औषध तस्करीले सुन तथा लागु औषध बोक्ने गरेका हुन् । भारतको एक घटनामा युगाण्डाकी एक महिलाको गोप्य अंग (पाठेघर)मा लुकाएर राखिएको करिब १६ करोड रुपैयाँको लागु औषध निकाल्न चिकित्सक टोलीले ११ दिन लागेको थियो ।