काठमाडौँ । युक्रेनमाथि रुसले सैन्य कारबाही सुरु गरेसँगै करिब २५ लाख मानिस देशबाहिर गएका छन् । तर, कतिपय वृद्धवृद्धाहरू युद्धरत क्षेत्रमा नै बस्दै आएका छन् ।
Advertisement
उनीहरू हिँड्न नसक्ने भएका कारण बमबारुद्धले ध्वस्त बनाएको भवनमा नै बस्दै आएको समाचारमा जनाइएको छ । युक्रेनको राजधानी किएभमा कैयौँ बासिन्दाहरू रुसी हवाई आक्रमण जारी रहँदा आफ्नै घरमा बसिरहेका हुन् ।
यस्तै, युद्ध चर्किंदै जाँदा प्रसूति अस्पतालमा युद्धका घाइतेको उपचार सुरु भएको छ । घाइतेहरूको उपचारका लागि प्रसूति अस्पताल प्रयोग गरिएको हो ।
जमिनमुनिका कोठामा महिला, बालबालिका तथा बुढाबुढी मानिसलाई राखिएको छ । एजेन्सी