काठमाडौँ । चीनले युद्धरत मुलुक युक्रेनबाट आफ्ना नागरिकलाई फर्काइरहेको जनाएको छ ।यसै क्रममा शनिबार मात्र बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको समाचारमा जनाइएको छ ।
जहाज स्थानीय समयानुसार आज बिहान करिब १० बजे विमान चीनको जेजियान प्रान्तको हांचाउ विमान स्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ । चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट ९ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइ सकिएको छ ।
युक्रेनमा थप चिनियाँ रहेका र उनीलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीले जानकारी दिएका छन् । युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ ।
जसले यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशले पनि फिर्ता लगिसकेको जनाएका छन् ।रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।