काठमाडौँ । रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको बताएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको हो ।
Advertisement
रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनु पर्नेमा जोड दिएको छ । ‘हामीले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने छौँ,’ उनले भने ।
अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नु पर्ने देखिएको र त्यसका लागि युक्रेनको तर्फबाट पहल हुनु पर्ने रुसी अधिकारीहरूको भनाई छ ।
प्रवक्ता पेस्कोभले रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभ टर्की प्रस्थान गर्न लागेको जानकारी दिए । त्यहाँ हुने कार्यक्रममा उनले युक्रेनका समकक्षीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।