काठमाडौँ । रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमाथि हमला गरेको दुई हप्ता पूरा भएको छ । युद्धबाट लाखौँ मानिस घरबारबिहीन भएका छन् । हजारौँ मानिसले ज्यान गुमाएका छन् ।
सयौँ बालबालिका एक्लै रुँदै हिँडेर छिमेकी मुलुक जाँदै गरेको तस्बिरहरू तथा भिडियो सार्वजनिक भएका छन् । मानव इतिहासमा भएका अनेकौँ घटनामध्ये भुल्न नसक्ने भन्दै गएको यस युद्धमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफै खटिदै आएका छन् । युद्धमा आवश्यक गोला बारुद्धको सहयोग माग्दै आएका छन् ।
रातदिन चमकधमक हुँदै आएको सहरहरू तहसनहस बन्न पुगेका छन् । खण्डहरमा बदलिएको छ । यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले एक पत्र लेखेकी छन् । उनको पत्र अहिले विश्वका मिडियाहरूमा छापिएको छ ।
दुनियाँभरका मिडिया मेरो अन्तर्वार्ता लिन चाहिरहेको छ । म यसै पत्रमार्फत सबै मिडियाहरूलाई एकसाथ जवाफ दिन चाहन्छु ।
मेरो देशमा दुई हप्ता पहिलेदेखि जे हुँदै आएको छ, र अहिले जे हुँदै छ यो अकल्पनीय छ । हाम्रो देश शान्तिपूर्ण थियो । जहाँ सहर, गाउँ र सबै कुनाकाप्चामा खुसीले भरिएको थियो ।
जब गत २४ फेब्रअरीदेखि देशमाथि हमला सुरु भयो । युद्ध सुरु भएको घोषणासँगै सबै खुसी हराउन पुग्यो ।
रूसी ट्यांकहरूले युक्रेनी सीमा पार गरे । र, तिनीहरूका विमान हाम्रो वायु क्षेत्रमा प्रवेश गरे । हाम्रा सहरहरू रकेट लञ्चरहरूले घेरिए । बम बारुद्धले घेरिएका छन् ।
भलै क्रेमिलन यस हमलाको एक विशेष अभियान बताउँदै आएको थियो । तर, यहाँ युक्रेनी नागरिकको सामूहिक नरसंहार भइरहेको छ ।
अबोध बालकहरू मारिएको समाचारले मन बिचल्लित बनाएको छ । ओख्तिर्का सडकमा मृत्यु भएकी आठ वर्षीया एलिसालाई उनका हजुरबुवाले ढाल बनाएर बचाउन खोजेका थिए । किभकी पोलिना आफ्नो आमाबुवासँगको गोली हानाहानमा मारिएकी थिइन् । १४ वर्षीय आर्सेनी, जसको टाउको भग्नावशेषमा परेको थियो । बचाउन सकिएन । किनभने भारी गोलाबारीका कारण एम्बुलेन्स पुग्न सकेन ।
यस्ता घटना धेरै भएका छन् । तर, रुसले दाबी गर्दै आएको छ कि- आम मानिसहरूले युद्धका बीच सहर छाड्न मानिरहेका छैनन् ।
हाम्रा सेनाका श्रीमती र छोराछोरीहरू अहिले बकरमा बसिरहेका छन् । तपाईहरूले तस्बिर देख्नु भएको छ । जहाँ मानिसहरू आफ्ना बच्चाहरू र घरपालुवा जनावरसँग भुइँमा सुतेका छन् ।
केहीका लागि यो शानदार समाचार फुटेज हो । तर, युक्रेनीका लागि नयाँ वास्तविकता तस्बिर हो । धेरै मानिस हवाई हमलामा पर्ने डरले बाहिर निस्कन सकेका छैनन् ।
केही बच्चाहरू यही जन्मिरहेका छन् । नर्सिङ वार्डहरू नष्ट भएकाले गर्भवती महिलाहरूले धेरै कष्ट पाएका छन् । रुसी आक्रमणको दिन जन्मेको बच्चाले शान्तिको खुला आकाश होइन, बंकरको कंक्रिट छत देखेका छन् ।
हाम्रो देशमा दर्जनौँ बालबालिका छन् जसले आफ्नो जीवनमा कहिल्यै शान्ति देख्न पाएका छैनन् । यो युद्धले खुला आकाशसम्म देख्न नपाउनेसमेत भएका छन् ।