काठमाडौँ । रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेसँगै लाखौँ मानिस बेघरबार बनेका छन् । युद्ध सुरु भएको दुई हप्ता नपुग्दै करिब १७ लाख मानिसले देश छाडेर गएका छन् । युद्धबाट सयौँ मानिसले ज्यान गुमाएका छन् ।
Advertisement
युक्रेनका राष्ट्रपतिले शान्तिका लागि तेस्रोपटक रूसी अधिकारीसँग वार्ताको तयारी गरेको छ । युक्रेनमा देखिएको मानवीय संकट समाधान गर्न अमेरिकासहित युरोपियन देशहरूले आर्थिक तथा हतियार सहयोग गर्दै आएको छ ।
यस्तै, व्यापारी तथा व्यक्तिगत रुपमा पनि युक्रेनलाई सहयोग प्राप्त हुँदै आएको छ । यसैक्रममा हलिउड स्टार लियोनार्डो डिक्राप्रियोले अर्बौं रुपैयाँ युक्रेनलाई सहयोग गर्ने भएको छ ।
स्टार डिक्राप्रियोले एक करोड अमेरकी डलर (एक अर्ब २३ करोड रुपैयाँ) युक्रेनलाई सहयोग गरेका छन् ।