Advertisement
युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण शुरु गरेयता रुसमाथि संसारभरको पाँच हजार ५३२ वटा प्रतिबन्ध लगाइएको छ।
रुस सबैभन्दा बढी प्रतिबन्ध सामना गर्ने इतिहासकै पहिलो मुलुक बनेको छ। यस मामिलामा रुसले सिरिया र इरानलाई पनि पछाडि पारेको छ।
निगरानीमा संलग्न वेबसाइट क्यासेलियम डट कमका अनुसार युक्रेनमाथि आक्रमण थालेको २२ फेब्रुअरीसम्म रुसमाथि दुई हजार ७५४ वटा प्रतिबन्ध लगाइएको थियो।
आक्रमण शुरु भएपछि थप दुई हजार ७७८ वटा प्रतिबन्ध लगाइएको छ। हालसम्म कुल पाँच हजार ५३२ वटा प्रतिबन्ध लागिसकेको छ, जुन थपिने क्रम जारी छ।

इरानमाथि हालसम्म कुल तीन हजार ६१६ वटा प्रतिबन्ध लगाइएको छ।
रुसमाथि प्रतिबन्ध लगाउने मुलुकमा अमेरिका सबैभन्दा अगाडि छ, जसले २१ प्रतिशत प्रतिबन्ध लगाएको छ। यस्तै, युरोपियन युनियन र बेलायतले संयुक्त रूपमा १८ प्रतिशत प्रतिबन्ध लगाएका छन्।
बीबीसीबाट