काठमाडौँ । युक्रेनमा जारी रुसी सैन्य कारबाहीलाई सहयोग गर्न अमेरिकाले थप १० अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आइतबार कांग्रेसले युक्रेनलाई मानवीय, सैन्य र आर्थिक सहयोगका लागि १० अर्ब अमेरिकी डलर दिने घोषणा गरेकी हुन् ।
Advertisement
यस्तै, बेलायतले थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रिटले जनाएको छ । यो रकममध्ये सय मिलियन डलर कोष बनाएर २२ हजार सैनिकलाई प्रशिक्षण दिने, दुई हजार रुसी ट्यांक विरोधी क्षेप्यास्त्रको आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा स्वतन्त्रताका लागि सय मिलियन उपलब्ध गराउने र १२० मिलियन उपलब्ध गराउने भएको हो ।
बेलायती सरकारका अनुसार नयाँ अनुदान सार्वजनिक क्षेत्र र समर्थन गर्न प्रयोग गर्न सकिने छ । उक्त सहयोग विश्व बैंकमार्फत उपलब्ध गराइने छ ।