Advertisement
साउदी अरेबियाले नियन्त्रणमा लगाएका प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आन्तरिक हवाई उडानमा अब कोरोना संक्रमणसम्बन्धी स्वास्थ्य जाँच र पीसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ।
सार्वजनिक स्थलमा पनि उपस्थित हुन पाइने भएको छ। पर्यटकीय स्थलहरूमा उपस्थितिका लागि पीसीआर रिपोर्ट आवश्यक नरहेको मन्त्रालयले बताएको छ। तर, नागरिकले घर बाहिर निस्किँदा मास्क अनिवार्य गरिएको छ।
पछिल्ला केही सातामा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरू हटाइएको हो।