Advertisement
रुसले युक्रेनमा जारी आक्रमण केही समयलाई रोकेको घोषणा गरेको छ। त्यसक्रममा मानवीय करिडोर खोलिने रुसको भनाइ छ।
बीबीसीका अनुसार युक्रेनमाथि आक्रमण थालेको दशौँ दिन रुसले अस्थायी युद्धविराम घोषणा गरेको हो।
मस्कोको समयअनुसार शनिबार १० बजेदेखि युद्धविराम लागू हुनेछ। युक्रेनका मारियुपोल र वाल्नोभा शहरका बासिन्दाका लागि मानवीय सहायता पुर्याउने उद्देश्यले अस्थायी युद्धविराम गरिएको रुसले बताएको छ।
रुस सरकार समर्थित सञ्चारमाध्यम स्पुतनिकले अधिकारीहरूलाई उद्धृत गर्दै त्यसको पुष्टि गरेको छ।