काठमाडौँ । रुस र युक्रेनबीच जारी युद्धको सातौँ दिन रुसी सेनाले खार्किव सहर कब्जा गरेको दाबी गरेको छ । खार्किवसहित केही प्रमुख सहर कब्जा गरेको रुसको दाबीलाई युक्रेनले विरोज जनाएको छ ।
युद्धमा पछिल्लो एक दिनमा २१ जनाको मृत्यु भएको दाबी गरेको छ । घटनामा एक सय १२ जना घाइते भएको समाचारमा जनाइएको छ । बुधबार बिहान रूसी सेनाहरूले प्यारासुटबाट खार्किवको मुख्य अस्पतालमा हमला गरेका थिए ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरूको हमलामा कम्तिमा ६ हजार रूसी सैनिक मारिको दाबी गरेका छन् । यता रुसले खार्किस सहर कब्जा गरेको दाबी गरेको छ ।
जारी युद्धका बीच दुई देशले वार्ताको प्रयास गरेको छ । पहिलो वार्ता असफल भएसँगै दोस्रो वार्ताका लागि दुई देशका प्रतिनिधिहरू पोल्याण्ड पुगेको समाचार जनाइएको छ ।
वार्ता हुनुपहिले युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने, ‘जबसम्म युक्रेनको सहरमा रुसी हमला रोकिँदैन, तबसम्म शान्तिका लागि गरिएका पलहकदमीको महत्व छैन ।’ एजेन्सी