• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पुटिनले शुरुमै हारिसके युक्रेन युद्ध


सोमबार, फागुन १६, २०७८ मा प्रकाशित

Advertisement

युभल नोहा हरारी

रुस अझै पनि युक्रेनमाथि विजय हासिल गर्न सक्छ। तर, युक्रेनी जनताले केही दिनमै देखाइसकेका छन्, रुसले उनीहरूलाई आफूसँग राख्न सक्ने छैन।

युक्रेन युद्धको एक साताभन्दा कम समयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एक ऐतिहासि पराजयतर्फ तीव्र गतिमा अगाडि बढिरहेको प्रतीत हुन्छ। उनले सबै लडाईं जित्न सक्छन् तर युद्ध हार्दैछन्। रुसी साम्राज्यको पुनर्निर्माणको पुटिनको सपना हमेशा यस्तो झुठमा अडेको छ- युक्रेन वास्तवमा राष्ट्र होइन, युक्रेनी जनता वास्तवमा मानिस होइनन् अनि किभ, खार्किभ र ल्विभका बासिन्दा मस्कोको शासनका लागि आतुर छन्। यो एक पूर्ण भुठ हो। किनकि, युक्रेन आफैँमा एक हजार वर्षभन्दा पुरानो इतिहासवाल एक राष्ट्र हो। किभ पहिलेदेखि नै एक प्रमुख महानगर थियो, जतिबेला मस्को सिर्फ एक गाउँ पनि थिएन। तर रुसी तानाशाहले आफ्नो झुठ यति धेरैपटक बोलिरहे कि मानिसलाई विश्वास गर्न विवश बनाइयो।

युक्रेनमाथि आक्रमणको योजना बुनिरहँदा पुटिनले धेरै तथ्यमाथि भरोसा गर्न सक्थे। उनी जानकार थिए, रुस युक्रेनलाई सैन्य हिसाबबाट वामपुड्के सावित गर्न सक्छ। उनी जानकार थिए, नेटोले युक्रेनको सहायताका लागि सेना पठाउने छैन। उनी यो पनि जान्दथे, रुसी तेल र ग्यासमाथि युरोपेली निर्भरता जर्मनीजस्ता मुलुक कडा प्रतिबन्ध लगाउन हिच्किचाउने छन्। युक्रेनमाथि कडा र तीव्र गतिमा आक्रमण गर्ने, त्यहाँको सरकारलाई समाप्त गर्ने, किभमा कठपुतली शासन स्थापित गर्ने अनि पश्चिमा मुलुकको प्रतिबन्धलाई ‘नामर्दको क्रोध’मा परिणत गराउने उनको योजना र सोच यिनै ज्ञात तथ्यका आधारमा आएको थियो।

तथापि, यस योजनाका बारेमा अर्को एउटा ठूलो अज्ञानता पनि थियो। जस्तो- अमेरिकीहरूले इराकमा सिके, सोभियत संघले अफगानिस्तानमा सिकेको थियो– कुनै मुलुकलाई जित्नुको तुलनामा त्यसलाई नियन्त्रणमा लिइराख्न त्यति सजिलो छैन। पुटिन जान्दथे, उनीसँग युक्रेनलाई जित्न सक्ने ताकत छ। तथापि, के युक्रेनका नागरिकले मस्कोको कठपुतली शासनलाई स्वीकार्ने छन्? पुटिनले यही विन्दुमा जुवा खेले। उनलाई लाग्यो, युक्रेनका नागरिकले मस्कोको कठपुतली शासनलाई स्वीकार्ने छन्। त्यही कारण हो, उनले सुन्न अनिच्छा भएकाहरूलाई सम्झाउने प्रयास गरिरहे, युक्रेन एक वास्तविक राष्ट्र होइन र युक्रेनी नागरिक वास्तविक नागरिक होइनन्। सन् २०१४ मा क्रिमियामा शायदै त्यहाँका बासिन्दाले विरोध गरेका थिए। सन् २०२२ मा त कुनै अलग कुरा किन हुनुपर्थ्यो?

युद्ध शुरु भएको पाँच दिनमा हरेक दिन प्रष्ट भइरहेको छ- पुटिनको दाउ बेकारमा नष्ट हुँदै गइरहेको छ। युक्रेनका नागरिक पुटिनको विरोध हृदयदेखि नै गरिरहेका छन्। र, सारा संसारको प्रशंसा बटुलिरहेका छन्। उद्यपि, अझै धेरै काला दिनको सामना युक्रेनका नागरिकले गर्नुपर्नेछ। रुसले अझै पनि युक्रेनमाथि विजय हासिल गर्न सक्छ। तथापि, युद्ध जित्नका लागि रुसीहरूलाई पूरै युक्रेनमाथि कब्जा जमाउनुपर्नेछ। यस्तो रुसीहरूले त्यतिखेर मात्र गर्न सक्नेछन्, जब युक्रेनका सबै नागरिकले उनीहरूलाई त्यसका लागि अनुमति दिने छन्। त्यस्तो अवस्था आउने सम्भावना कमजोर देखिन्छ।

पाँच दिनकै अवधिमा हरेक रुसी ट्यांक नष्ट भइरहेका छन् र रुसी सैनिक मारिइरहेका छन्। त्यसबाट युक्रेनी नागरिकमा प्रतिरोधको साहस बढेको छ। जब एउटा मात्र युक्रनी नागरिकको मृत्यु हुन्छ, रुसविरुद्ध बाँचेका अन्यमा अझ बढी घृणा भरिन्छ। त्यो घृणाले अझ बलियो युद्धका लागि उक्साउँछ। उत्पीडित राष्ट्रका लागि त्यो घृणा एक सम्पत्ति हो। दिलमा गहिरिएको घृणाले प्रतिरोधका लागि मानिसलाई अझ बलियो बनाउँछ। र, त्यो सन्तान दरसन्तान कायम रहन्छ।

रुसी साम्राज्यलाई फेरि स्थापित गर्नका लागि पुटिनलाई अपेक्षाकृत रक्तहीन जितको आवश्यकता छ, जसले अपेक्षाकृत घृणारहित शान्तिको मार्गमा डोर्‍याउँछ। तर, बढीभन्दा बढी युक्रनी रहगत बगाएर पुटिन यो सुनिश्चित गर्न खोजिरहेका छन्, उनको सपना कहिल्यै साकार हुनुवाला छैन। यो रुसी साम्राज्यको मृत्यु प्रमाणपत्रमा मिलाइल गोर्भाचेभको नाम हुने छैन, त्यहाँ पुटिनको नाम लेखिने छ। गोर्भाचेभले रुसी र युक्रनीलाई आफ्नै भाइबहिनीको ढंगबाट महशुस गरे, पुटिनले उनीहरूलाई दुश्मन बनाइदिने। र, पुटिनले सुनिश्चित गरिदिए, युक्रेनीहरूको राष्ट्रले अब रुसविरोधी कित्तामा आफूलाई परिभाषित गर्नेछ।

हरेक राष्ट्र आ-आफ्ना कथाहरूबाट निर्माण भएका हुन्छन्। हरेक कालो दिनले नयाँ कथा पनि निर्माण गर्छन्। यही कथा युक्रेनी नागरिकले आगामी आगामी कैयौँ दशक र पिँढीहरूलाई सुनाउने छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जसले अमेरिकाले आग्रह गर्दा पनि जन्मभूमि छाडेर जान इन्कार गरे। उनी रुसविरुद्ध लड्न गोलाबारुद मागिरहेका छन्। युक्रेनी नागरिक, जो सडकमै बसेर रुसका बख्तरबन्द गाडीलाई रोक्ने प्रयास गरिरहेका छन्। यही ती सामग्री हुने, जसबाट राष्ट्र निर्माण हुन्छ। समयको अन्तरालमा यो सौर्य बख्तरबन्द गाडीहरूको संख्याभन्दा कहीँ अधिक शक्तिशाली सुनिनेछ।

रुसी तानाशाह र अन्यलाई पनि यो जानकारी हुनु जरुरी छ, जो लेनिनग्रादमा घेराबन्दीको बहादुरीको कथा सुन्दै हुर्किएको छ। त्यही बच्चा अहिले आफूलाई हिटलरको अवतारमा रूपान्तरित गर्दैछ।

युक्रेनी नागरिकको बहादुरीले युक्रेनका मात्र होइन, पूरै विश्वका बासिन्दालाई बहादुरीको कथा पस्किएको छ। उनीहरूले युरोपेली मुलुकलाई मात्र होइन, अमेरिकालाई पनि वीरताको नयाँ गाथा दिएका छन्। त्यो गाथा रुसी आक्रमणविरुद्ध रुसकै विभिन्न शहरमा हजारौँको संख्यामा भेला भएका रुसी नागरिकका लागि पनि प्रेरणादायी छ।

यदि उनीहरूले रुसी ट्यांकलाई रोक्न आ-आफ्ना हात उठाउन डर मान्थे त जर्मनीले आफ्नो मुलुकमा आपूर्ति हुने ग्यासलाई मध्यनजर गर्दै युक्रेनलाई एन्टी-ट्यांक मिसाइल पठाउन डर मान्थ्यो। र, अमेरिकाको बाइडेन प्रशासन रुसलाई बैंकहरूको स्विफ्ट एकाउन्टबाट अलग गर्न डराउँथ्यो। त्यति मात्र होइन, युक्रेनी नागरिकले वीरता प्रदर्शन गर्दैनथे त रुसकै शहरहरूमा रुसकै नागरिक युक्रेनमाथि आक्रमणको विरोधमा सडकमा निस्किन डराउँथे।

दुर्भाग्यपूर्ण रूमा यो युद्ध अलि लामो समय चल्ने सम्भावना छ। तर, सबैभन्दा महत्त्वपूर्ण मुद्दा तय भइरहेको छ। पछिल्ला केही दिनमै युक्रेनले आफू वास्तविक राष्ट्र भएको प्रमाणित गरिदिइसकेको छ। र, त्यहाँका नागरिकले पनि आफूहरू वास्तविक युक्रेनी रहेको सावित गरिसकेका छन्। उनीहरू नयाँ रुसी साम्राज्यको मातहत रहन तयार छैनन्। प्रश्न यति मात्र हो, यो सन्देशले क्रेमलिनको बाक्लो पर्खाल नाघ्न कति समय लगाउने छ!

द गार्जियनबाट

सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.