• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

खुल्यो रसुवागढी, मौलायो सुन तस्करी !


बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

काठमाडौं- गत ३ मंसिरमा १२ तोला ९१ लालको बेरुवा औंठी ५ थानसहित १ पुरुष र २ महिला रसुवागढीबाट पक्राउ परे। सोही दिन रसुवागढीबाटै १२ तोलाको बेरुवा औंठी ३ थानसहित ३ पुरुष पक्राउ परे।

Advertisement

१६ भदौमा पनि रसुवागढीबाट ९९९.२४० ग्राम सुनसहित एक महिला पक्राउ परिन्। २ भदौमा पनि रसुवाकै गोसाईंकुण्ड गाउँपालिका-५ स्याफ्रुबेंशीबाट २ किलो सुनसहित २ पुरुष पक्राउ परेका थिए। १४ साउनमा ४.४९ तोलाको सुनको बेरुवा औंठी १ थानसहित एक पुरुषलाई प्रहरीले रसुवागढीबाट पक्राउ गर्‍यो। यस्तै, २० साउनमा रसुवागढीबाटै बाला आकारको ३.६६१ तोला सुन र ८.५७८ तोला चाँदीसहित एक पुरुष पक्राउ परे।

रसुवाका निमित्त प्रहरी प्रमुख तथा सूचना अधिकारी (इन्स्पेक्टर) नेत्रप्रसाद पौडेलका अनुसार २८ चैत ०७९ मा पनि रसुवागढीबाट चाँदीका भाँडाकुँडा ६ थान (१.८ किलो)सहित एक पुरुष पक्राउ परेका थिए। पक्राउ परेका महिला र पुरुषहरू सबै रसुवाकै बासिन्दा हुन्। तस्कर समूहहरूले गरिब र विपन्‍न परिवारका स्थानीय बासिन्दालाई भरियाका रूपमा प्रयोग गर्दै आएको पाइन्छ।

०००

१ मंसिर ०७२ मा रसुवागढीबाट चीनसँग अन्तर्राष्‍ट्रिय व्यापार शुरु भएसँगै उक्त नाका निरन्तर सुन तस्करीको केन्द्र रहिआएको छ। १२ वैशाख ०७२ को महाभूकम्पबाट क्षतिग्रस्त भएपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द हुन पुग्यो। त्यसको विकल्पका रूपमा रसुवागढीलाई प्रयोग गर्ने तयारी हुँदै गर्दा ३ असोज ०७२ मा नयाँ संविधान जारी भयो। उक्त संविधानप्रति असन्तुष्‍टि जनाएको भारतले तराई मधेशमा आन्दोलनको बहाना बनाउँदै नेपालमाथि नाकाबन्दी थोपर्‍यो। र, नेपाल सरकार र चीनबीच रसुवागढीलाई वैकल्पिक अन्तर्राष्‍ट्रिय नाका बनाउने सहमति जुट्यो। त्यसैको परिणति थियो, १ मंसिर ०७२ देखि उक्त नाकाबाट द्विपक्षीय व्यापार शुरु हुनु पनि।

तर, रसुवागढीबाट द्विपक्षीय व्यापार मात्र शुरु भएन, सुन तस्करीमा विगतको तातोपानी नाकाको विरासत पनि रसुवागढीतिर सर्‍यो। कतिसम्म भने मानिसले शरीरमा बोकेर भित्र्याउने त छँदैछ, मोटरसाइकल र गाडीहरूमा फल्स बटम बनाउँदै त्यस्ता बटममा राखेर सुन तस्करी गर्ने प्रवृत्ति तातोपानीमा झैं रसुवागढीमा पनि मौलाएको छ।

रसुवागढीबाट नुवाकोटको बेत्रावतीसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका एक दर्जनभन्दा बढी चेकपोस्ट पार गर्नुपर्छ। ती सबै चेकपोस्टलाई छक्याउँदै काठमाडौंसम्म रसुवागढीबाट सुन तस्करी हुँदै आएको छ।

०००

नेपाल र चीनबीच अन्तर्राष्‍ट्रिय व्यापारका लागि अहिले रसुवागढी र तातोपानी नाका प्रयोग भइरहेका छन्। तातोपानी पूर्ण सञ्‍चालनमा आउन नसक्दा रसुवागढी नाकामै द्विपक्षीय व्यापार केन्द्रित छ, अहिले। त्यसको मुख्य कारण हो, भविष्‍यमा नेपालसँगको व्यापारको केन्द्र बनाउने उद्देश्यले ०७४ सालमा चीन सरकारले रसुवागढीलाई मुख्य प्राथमिकतामा राखी अन्तर्राष्‍ट्रिय नाका घोषणा गर्नु। त्यसैको परिणाम हो, रसुवागढी नाकाबाट व्यापार बढ्नु पनि।

कोभिड-१९ को विश्‍वव्यापी महामारी फैलिएसँगै १५ माघ ०७६ देखि २२ जेठ ०७७ सम्म रसुवागढी नाका पनि बन्द रह्यो। महामारी केही कम हुन थालेपछि चीनले आफ्नै गाडीमा रसुवागढीस्थित मितेरी पुलसम्म सीमित ट्रकहरूमा सामान ल्याइदिने र त्यहाँबाट नेपाली पक्षले सामान ल्याउने परिपाटी लामो समय चल्यो। यसबीचमा सुन तस्करी पनि ठप्प भयो। कारण- नाकामा चिनियाँ पक्षले उच्च सतर्कता अपनाएको थियो। र, क्‍वारेन्टिनमा राखिएका व्यक्तिहरू बाहेक कोही पनि चिनियाँ नाकासम्म पुग्‍न पाउँदैनथे।

तथापि, जब कोरोना संक्रमण शून्यमा झर्‍यो, रसुवागढी नाका पनि १८ चैत ०७९ देखि दुईतर्फी (आयात-निर्यात दुवै) सञ्‍चालनमा आयो। नाका पूर्ववत सञ्‍चालनसँगै सुन तस्करीले पनि विगतकै लय समातेको छ।

विगतमा प्रहरीले चीनबाट बिस्कुट आकारका अवैध रूपमा भित्र्याइएको किलोका किलो सुन बरामद गर्ने गरेको थियो। तर, पछिल्लो समय बेरुवा औंठीलगायत गरगहना बनाएर अवैध रूपमा सुन तस्करी हुने गरेको पाइएको प्रहरीले जनाएको छ।

सुन तस्करको केन्द्र टिमुरे

१७ असार ०७१ मा गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेका फुर्पु ग्याल्मो तामाङ्नी १० तोला बुटिल (सुन र चाँदीको गहना)सहित पक्राउ परिन्। ६ साउन ०७१ मा टिमुरेकै ३० वर्षीय सम्झना तामाङ ६ तोला बुटिलसहित पक्राउ परिन्। १४ साउन ०७२ मा आमाछोदिङ्‍मो गाउँपालिका-४ गोल्जुङका १७ वर्षीया सीता तामाङ र २५ वर्षीय योसाङ तामाङ १ किलो सुनसहित पक्राउ परे।

यस्तै, १७ चैत ०७२ मा बागलुङका २२ वर्षीय पेम्बा रेन्जेन गुरुङ २२ तोला सुनसहित रसुवा सदरमुकाम धुन्चेबाट पक्राउ परे। ३० जेठ ०७३ मा रसुवाकै गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेका काङकाङ तामाङ ६ किलो सुनसहित टिमुरेबाटै पक्राउ परे। ६ पुस ०७३ मा आमाछोदिङमो गाउँपालिका-३ गत्लाङका २८ वर्षीय वीरेन लामा ५ किलो सुनसहित टिमुरेबाट पक्राउ परे।

यसैगरी, १ माघ ०७३ मा भक्तपुरको सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेल १५ किलो सुनसहित काठमाडौंबाट पक्राउ परेका थिए। १० माघ ०७३ मा सिन्धुपाल्चोक सिम्पाल काभ्रे-७ का ४७ वर्षीय चक्रबहादुर धमला ११७.३२ ग्राम सुनसहित टिमुरेबाट पक्राउ परे।

३ चैत ०७३ मा स्याङ्जाको वालिङ (हाल रसुवा उत्तरगया गाउँपालिका-२) का ३५ वर्षीय प्रकास गैरे ७ किलो सुनसहित टिमुरेबाट पक्राउ परे। ६ असार ०७४ मा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ का कृष्‍णबहादुर श्रेष्‍ठ र दिनेश रोक्का २ किलो सुनसहित टिमुरेबाट पक्राउ परे। यस्तै, २८ साउन ०७४ मा उत्तरगया गाउँपालिकाका ३७ वर्षीय  दीपक घले र आमाछोदिङमो गाउँपालिकाका २४ वर्षीय फुर्वा तामाङ ९ किलो सुनसहित नुवाकोटबाट पक्राउ परेका थिए।

२० भदौ ०७४ मा रसुवागढी हुँदै भित्र्याइएको ८८ किलो सुन नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले काठमाडौं क्षेत्रपाटीबाट बरामद गरेको थियो। र, त्यसमा चिनियाँ नागरिकको संलग्‍नता खुलेको थियो। बा१७च ६४२७ नम्बरको टाटा स्ट्रोमका विभिन्‍न पार्टपुर्जामा लुकाएर भित्र्याइएको सुनसहित त्यसका चालक मकवानपुरका मनोज अधिकारी पक्राउ परेका थिए। कतिसम्म भने गाडीमा सुनौलो रङको भीआईपीको लोगो राखेर उक्त सुन काठमाडौं ल्याइएको खुलेको थियो। त्यसको कारण थियो- बाटोमा कसैले अवरोध नगरोस्।

उपकरण थन्क्याएर हातैले छामेर जाँच

रसुवागढी नाकाबाट हुने आयात-निर्यातको जाँच अझै पनि हातले छामेरै हुने गरेको छ। जक कि, चीनले सीमामा भन्सार र सुरक्षा जाँचका लागि ब्यागेज स्क्यानर मेसिन एक सेट, वाक थु्र गेट एक सेट, सीमा क्षेत्र र जिल्लामा सुरक्षा जाँचका लागि मेटल डिटेक्टर पाँच सेट उपलब्ध गराएको थियो।

ती उपकरणहरू प्रयोगमा ल्याइएसँगै अवैध रूपमा निकासी-पैठारी केही हदसम्म कम हुने बताइएको थियो। तर, ती सबै उपकरण प्रयोगमा नल्याई थन्क्याइएको छ। र, नेपालबाट चीन र चीनबाट नेपाल आवतजावत गर्ने नागरिक र आयात-निर्यात गर्ने सवारी साधन हातले छामेरै जाँच गर्ने गरिएको छ।

‘एक्सरे मेसिनलगायत उपकरण केही छैनन्। त्यसैले हातले छामेको भरमा जाँच गर्छौं,’ इन्स्पेक्टर पौडेल भन्छन्।

महाभूकम्प र त्यसका परकम्पका कारण ठाउँ-ठाउँमा झरेको पहिरोले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि सञ्‍चालनमा आएको रसुवागढीबाट त्यसअघि ०७१ सालदेखि नै सुन तस्करी शुरु भएको देखिन्छ। नाका सञ्‍चालनमा आएदेखि अहिलेसम्म जिल्लाभित्र सानो परिमाणमा मात्र सुन पक्राउ परेको छ। जिल्ला बाहिरबाट भने सय किलोसम्म सुन पक्राउ परेको छ।

जब कि, रसुवामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक दर्जन चेकपोस्ट तैनाथ छन्। टिमुरे स्याफ्रुबेंशी, सदरमुकाम धुन्चे, कालिकास्थान र बेत्रावतीमा चेकपोस्ट राखिएको छ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक सामान र जलविद्युतका सामग्री भित्रिने गरेका छन्। यस्तै, नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्रीहरू जाने गरेका छन्। ०७१ सालदेखि औपचारिक रूपमा सञ्‍चालनमा आएको रसुवागढी नाकामा दैनिक सयभन्दा बढी सवारी आवतजावत हुने गर्छन्।

प्रहरीले थाल्यो निगरानी

पछिल्लो समय सुन तस्करी बढेसँगै नेपाल प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ। सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष निगरानी बढाएको इन्स्पेक्टर पौडेल बताउँछन्। जिल्लामा रहेका चेकपोस्टलाई सक्रिय बनाउने, गस्ती परिचालन गर्नेलगायत गतिविधिमार्फत विशेष निगरानी बढाइएको उनको भनाइ छ।

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.