• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

चीन जोड्ने मैलुङ सडकको ठेक्का तोड्ने तयारी !


मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित

काठमाडौं- चीनसँगको अन्तर्राष्‍ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रुबेंशी सडक स्तरोन्‍नतिको काम अलपत्र परेको छ।

Advertisement

यसको स्तरोन्‍नतिको जिम्मा भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले लिएको छ। उक्त कम्पनीले पेटी ठेकेदारमार्फत गराइरहेको काम ठप्प भएपछि सडक पनि अलपत्र परेको हो।

यो रसुवागढी जोड्ने सबैभन्दा छोटो रणनीतिक मार्ग हो। विगतमा पनि लामो समय काम रोकिएको थियो। जेभीले गत वैशाखदेखि काम शुरु गर्ने बताएको थियो। तर, मुख्य र पेटी ठेकदारबीच विवाद भएपछि काम ठप्प छ। सडक स्तरोन्‍नतिअन्तर्गत टेवा पर्खाल, नाली निर्माण एवं कालोपत्रेसमेत सम्पन्‍न गर्न जेभीले ठेक्का पाएको छ। तर, ठेकेदारले समयमा काम काम नगर्दा स्तरोन्‍नति अलपत्र परेको गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेंशी-रसुवागढी सडक योजनाका प्रमुख ध्रुव श्रेष्‍ठ बताउँछन्।

जब कि, ३० पुस ०७९ मै काम सम्पन्‍न गर्नुपर्ने शर्त थियो। निर्धारित समयमा त काम भएन नै, अवधि गुज्रेको १२ महिना बितिसक्दा पनि सडकलाई अलपत्र छाडिएको छ। उक्त सडक स्तरोन्‍नतीसम्बन्धी सम्झौता १ साउन ०७७ मै भएको थियो।

सम्झौता अवधि सकिएकाले म्याद थपिएको थियो। पटक-पटक म्याद थप गरे पनि हालसम्म २५ प्रतिशत मात्रै भौतिक प्रगति भएको योजना प्रमुख श्रेष्‍ठ बताउँछन्। ‘सडक स्तरोन्‍नतिको सम्झौता अवधि सकिइसकेको छ। पटक-पटक थपिएको म्याद पनि सकिइसकेको छ,’ श्रेष्‍ठ भन्छन्, ‘केही समय काम गर्ने अनि सम्पर्कविहीन हुने, काम नगर्ने भएकोले अब म्याद थपिँदैन। लगभग छिट्टै ठेक्का तोडिने छ।’

राष्‍ट्रिय गौरवको आयोजनामा समेत निर्माण कम्पनीहरूले ३० देखि ३५ प्रतिशत काम गरेपछि केही भुक्तानी लिने र काम नगर्ने परिपाटीले यो सडकको दुर्गति भएको हो। १ अर्ब ४५ करोड लागत स्टिमेटअनुसार काम सम्पन्‍न गर्ने-गराउने सम्झौता छ। उक्त ठेकेदार कम्पनीले ३५ करोड रुपैयाँको बिल भुक्तानी लिइसकेको सडक आयोजनाले जनाएको छ।

भुक्तानी लिएपछि समयमा सम्पर्कमा नआउने र आए पनि विभिन्‍न बहाना बनाउँदै काम नगर्ने गरेको योजना प्रमुख श्रेष्‍ठ बताउँछन्।

वर्षायाम शुरु भएसँगै मैलुङ-स्याफ्रुबेंशी सडक बर्सेनि अवरुद्ध हुने गरेको छ। अहिले वर्षायाम त सकिएको छ, तर सडक स्तरोन्‍नति अगाडि बढ्ने कुनै लक्षण छैन। जोखिम मोलेरै सवारी साधन सञ्‍चालन भइरहेका छन्।

मैलुङ-स्याफ्रुबेंशी नेपाली सेनाले ट्र्याक निर्माण गरेको डबल लेनको सडक हो, जसको लम्बाइ १९ किलोमिटर छ। मैलुङ-स्याफ्रुबेंशी मार्ग बेत्रावती-कालिकास्थान-धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ।

बेत्रावतीबाट कालिकास्थान, धुन्चे हुँदै स्याफ्रु सडक ५४ किलोमिटर लामो छ। यस्तै, बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेसी सडकको दूरी २९ किमि मात्रै छ। पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्छ। मैलुङ-स्याफ्रु सडकमा भने एउटा पनि घुम्ती छैन। काठमाडौंबाट गल्छी ४४, गल्छीदेखि बट्टार २२, बट्टारदेखि बेत्रावती ११, बेत्रावतीदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रु १७ किमि दूरीमा पर्छन्।

काठमाडौंबाट बेत्रावती हुँदै धुन्चे-रसुवागढीको दूरी १४५ किमि छ। यस्तै, काठमाडौंबाट बेत्रावती, मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी १२२ किमि मात्र छ।

बेत्रावतीबाट धुन्चे हुँदै स्याफ्रुबेंशी पुग्‍न उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्छ। मैलुङतर्फबाट हिँड्नका लागि कुनै पनि घुम्ती पार गर्नु नपर्ने भएकाले उक्त सडक स्तरोन्‍नति हुँदा नेपाल-चीन व्यापार धेरै सहज हुनेछ।

यस्तै, स्याफ्रुबाट धुन्चे, कालिकास्थान हुँदै बेत्रावती पुग्‍ने सडकभन्दा स्याफ्रुबाट मैलुङ हुँदै बेत्रावती निस्कन इन्धन खपत कम हुन्छ। सोही कारण कन्टेनरका साहुहरू यो सडकतर्फ आकर्षित हुँदै गएका छन्।

तर, ठेकेदारले काम अलपत्र पारिदिएकाले जोखिम मोलेर छिटो काठमाडौं निस्किन चाहनेहरू मात्र मैलुङ-स्याफ्रुबेंशी सडकमा कन्टेनर गुडाउँछन्। केही ढिलो पुगे पनि हुने र जोखिम मोल्न नचाहनेहरूले धुन्चे सडक नै प्रयोग गर्दै आएका छन्।

मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.