• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

किन युक्रेनमा अमेरिकी सेना पठाउन हच्किए बाइडेन? यी हुन् ६ कारण


शनिबार, फागुन १४, २०७८ मा प्रकाशित

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई रुसले आक्रमण गरेमा पूरै नेटो मुलुकहरू प्रत्याक्रमणका लागि तयार भएको ढाढस दिइरहेकै थिए। तर, जब रुसले साँच्चै युक्रेनमाथि हमला थाल्यो, नेटो मुलुकहरू आफ्ना भूभागमा आक्रमण भएमा जवाफी कारवाही गर्ने बताउँदै पछाडि हटे। अहिले युक्रेन एक्लो परेको छ, रुसको प्रतिकार गर्नमा।

यही सेरोफेरोमा अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो कूटनीतिक क्षमता भाषणमा सीमित राखेका छन्, केवल भाषणमा।

बाइडेन प्रशासनले रुसी आक्रमण भएमा प्रतिकारमा आँधीबेहरी सिर्जना गर्ने आश्वासन मात्र बाँड्यो, युक्रेनलाई। तर, उनको प्रशासन कुनै मुलुकसँग लड्न तयार नभएको देखियो। कतिसम्म भने आफ्नै नागरिकलाई बचाउन पनि युक्रेनमा सेना पठाउन तयार भएनन्, बाइडेन। उल्टै युक्रेनमा सैन्य सल्लाहकार रहेका अधिकारीहरूलाई फिर्ता बोलाए।

उनको विदेश नीतिमा अहिले प्रश्नवाचक चिह्न खडा भएको छ। आखिर किन? त्यसका ६ कारण सामुन्ने देखिएका छन्।

छैन राष्ट्रिय सुरक्षा स्वार्थ

पहिलो त युक्रेन अमेरिकाको सीमा जोडिएको छिमेकी होइन। र, युक्रेन अमेरिकी सीमाबाट नजिकको मुलुक पनि होइन। युक्रेनमा अमेरिकी सेनाको अखाडा पनि छैन। अमेरिकासँग युक्रेनको रणनीतिक तेल भण्डारण सुरक्षा गर्ने दायित्व पनि छैन। र, युक्रेन अमेरिकाको मुख्य व्यापार साझेदार मुलुक पनि होइन।

अमेरिकी इतिहास भने त्यस्तो छैन। राष्ट्रिय हित अभावले पनि विगतका अमेरिकी राष्ट्रपतिहरूलाई सैन्य कारवाही गर्न रोकेको थिएन। सन् १९९५ मा तत्काली राष्ट्रपति बिल क्लिन्टनले युगोस्लाभियाको पतनपछि भएको युद्धमा हस्तक्षेप गरेका थिए। सन् २०११ मा बाराक ओबामाले लिबियाको गृहयुद्धमा हस्तक्षेप गरेका थिए।

सन् १९९० मा जर्ज डब्लू बुसले इराकले कुवेतमाथि गरेको आक्रमणमा हस्तक्षेप गरेका थिए। र, कुवेतलाई इराकको पञ्जाबाट मुक्त गराएका थिए। बाइडेन प्रशासनका उच्च राष्ट्रिय सुरक्षा अधिकारीहरूले एउटै भाषा बोलिरहेका छन्, रुसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको सिद्धान्त पालना गर्नुपर्छ। तर, उनीहरू आर्थिक युद्धको वकालतमा व्यस्त छन्, सैनिक अपरेसनको पक्षमा होइन।

बाइडेनले सैन्य हस्तक्षेप गर्दैनन्

युक्रेन मामिलामा बाइडेनको अहस्तक्षेपवादी प्रवृत्ति गाँसिएको देखिन्छ। जब कि, उनले सन् १९९० को दशकमा बाल्कनमा जातीय संघर्ष नियन्त्रणका लागि अमेरिकी सैन्य कारवाहीको समर्थन गरेका थिए। सन् २००३ मा पनि इराकमा अमेरिकाको दुर्भाग्यपूर्ण आक्रमणको पक्षमा उनले मतदान गरेका थिए। तथापि, उनी सोही समयदेखि अमेरिकी सैन्य शक्तिको उपयोग गर्ने मामिलामा अधिक सावधान देखिन थालेका हुन्।

उनले लिबियामा ओबामाको हस्तक्षेपका साथ–साथ अफगानिस्तामा सैनिक वृद्धिको निर्णयको बाइडेनले विरोध गरेका थिए। गत वर्ष अफगास्तिानबाट अमेरिकी सेना फिर्ता बोलाउने आफ्नो निर्णय सही भएको वकालत गरिरहेका छन्, दृढतापूर्वक। त्यसपछि अफगानिस्तानमा उत्पन्न अराजकता र विध्वंसप्रति उनी बेपरवाह देखिन्छन्।

उनका विदेश मन्त्री एन्टोनी ब्लिंकन राष्ट्रपति बाइडेनका भित्री र खास सहयोगी हुन्, विदेश मामिलामा। उनको राष्ट्रिय सुरक्षा नीतिका मुख्य हिस्सा बनेका छन्, जलवायु परिवर्तनको सामना गर्नु, विश्वव्यापी महामारीसँग लड्नु र चीनसँग प्रतिस्पर्धा। उनको विदेश र राष्ट्रिय सुरक्षा नीतिमा सैन्य हस्तक्षेप छैन।

अमेरिका अहिले युद्ध चाहँदैन

एपी–एनओआरसीको पछिल्लो सर्वेक्षणमा सहभागी ७२ प्रतिशतले रुस–युक्रेन संकटमा न्यूनतम भूमिका मात्र वहन गर्नुपर्ने सुझाव दिएका छन्, पूर्ण हस्तक्षेप होइन। उनीहरूले बढ्दो महँगी नियन्त्रणजस्ता स–साना मुद्दामा मात्र केन्द्रित हुन बाइडेन प्रशासनलाई सुझाव दिएका छन्। आसन्न मध्यावधि चुनावका कारण बाइडेनले त्यस सुझावलाई मनन गरेका हुन सक्छन्।

वासिङ्टनमा कतिपय विधायकहरूले रुसमाथि कडा प्रतिबन्ध लागू गर्नुपर्ने आवाज बुलन्द गरेका छन्। तर, टेड क्रुजजस्ता रिपब्लिकन सिनेटरहरू अर्को युद्ध शुरु हुने गरी अमेरिकी सेना युक्रेनमा पठाउन नहुने पक्षमा उभिएका छन्। अझ, पुटिनविरुद्ध युद्धमा उत्रिन नहुने उनीहरूको मत छ। अर्का रिपब्लिकन सिनेटर मार्को रुबियो पनि विश्वका दुई ठूला परमाणु शक्ति (अमेरिका र रुस)बीचको युद्धले कसैको हित नगर्ने लाइनमा खडा छन्।

सुपर पावरबीच युद्धको खतरा

बाइडेन प्रशासनको बटम लाइन देखिन्छ– पुटिनसँग परमाणु हतियारको विशाल भण्डार छ। र, बाइडेन युक्रेनमा अमेरिकी र रुसी सैनिकलाई युद्धमा धकेलेर अर्को विश्वयुद्धको खतरा मोल्न चाहँदैनन्। यो पाटोमा उनले खुलेर बोल्न थालेका पनि छन्। ‘यस्तो होइन कि हामी कुर्नै आतंकवादी संगठनसँग काम गरिरहेका छौँ, हामी संसारको सबैभन्दा ठूलो सेनामध्ये एकसँग काम गरिहेका छौँ। यो एकदमै कठिन स्थिति हो,’ उनले यही महिना एबीसी न्युजलाई दिएको अन्तरवार्तामा भनेका थिए।

युक्रेनसँग छैन सन्धिको उत्तरदायित्व

नेटो सन्धिको बुँदा नम्बर ५ मा कुनै नेटो सदस्य मुलुकमाथि आक्रमण भएमा त्यो सबैमाथिको हमला सम्झेर प्रतिकारमा उत्रिने उल्लेख छ। तर, युक्रेन नेटोको सदस्य मुलुक होइन। त्यसैले सन्धिको बाध्यतामा जोडिएर युक्रेनको बचाउ गर्नुपर्ने दायित्व अमेरिकासँग छैन।

यो यस्तो कारक तत्त्व हो, जसलाई सम्झाउन अमेरिकी विदेशमन्त्री ब्लिंकेनले उद्धृत गरेका छन्। अमेरिकीहरू त्यस्तो मूल्य चुकाउन लड्दैनन्, जो जोडदार ढंगले प्रशंसा गर्छन्। यो एक निश्चित विडम्बना हो, संघर्ष पुटिनको मागका बारेमा हो कि युक्रेनलाई कहिल्यै सैन्य गठबन्धनमा सामेल गर्न पाइँदैन। र, नेटोले सदस्यता दिन इन्कार गरेको छ।

हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा यथार्थवादी विदेश नीतिका पक्षधर स्टिफन वाल्टको भनाइमा अमेरिका र अन्य नेटो मुलुकद्वारा सम्झौताको अस्वीकृतिको व्यावहारिक अर्थ छैन। किनकि, यसको पछाडि कुनै सैन्य ताकत लगाउने उनीहरूको अनिच्छाले काम गरेको छ।

के गोलपोस्टहरू तयार हुँदैछन्?

राष्ट्रपति बाइडेन वास्तवमा युरोपमा भने सेना पठाइरहेका छन्। र, युक्रेन र रुससँग जोडिएका नेटो सदस्य मुलुकहरूको सीमामा ती सैनिक तैनाथ गरिँदै छन्। बाइडेन प्रशासनको ध्यान नेटो सीमामा मात्र देखिन्छ, यसबाट। हुन सक्छ, रुसी राष्ट्रपति पुटिनले जानाजान युक्रेनमाथि आक्रमण गरेका हुन्। केही गरी रुसी आक्रमण नेटो सदस्य मुलुकतर्फ पनि पुग्यो भने भिषण लडाईंको सम्भावनालाई नकार्न सकिँदैन। त्यतिबेला अमेरिकी सेनालाई युद्धमा खिच्न सकिने बुझाइमा पुटिन हुन सक्छन्। ‘यदि उनी नेटो देशमा पुगे भने हामी युद्धमा सामेल हुनेछौँ,’ बाइडेनले भन्दै आएका छन्।

बीबीसीबाट

शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.