Advertisement
युक्रेनमाथि आक्रमण गर्ने रुसको घोषणापछि अमेरिकालगायत पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध थप्दै गएका छन्। यही बेला रुसको दक्षिणी छिमेकी चीनले त्यहाँको गहुँ आयातको बाटो खोलिदिएको छ।
चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सका अनुसार रुसबाट गहुँ आयात खुला गर्ने नीति चीनले अख्तियार गरेको हो। चीनको यो कदमले रुसका लागि व्यापारको नयाँ ढोका खुलेको छ। पश्चिमा ढोका बन्द हुँदै गर्दा दक्षिणी मार्ग खोलाइएको छ।
फेब्रुअरी पहिलो साता नै रुस र चीनबीच गहुँ व्यापारसम्बन्धी एक सहमति भइसकेको ग्लोबल टाइम्सले खुलाएको छ। उक्त सहमति कार्यान्वयनमा ल्याउँदै चीन सरकारले आफ्ना भन्सार विन्दुहरूलाई रुसबाट गहुँ आयात सहज बनाउन सर्कुलर पठाएको छ।