Advertisement
भारतको हिमाचलमा तिब्बती शरणार्थीहरूको संघर्ष झल्किने संग्रहालय खोलिएको छ। निर्वासित तिब्बती सरकारका राष्ट्रपति पेनपा छिरिङले बुधबार संग्रहालय उदघाटन गरे।
समाचार एजेन्सी एएनआईका अनुसार उक्त संग्रहालय धर्मशालामा खोलिएको हो, जसमा तिब्बतको संघर्षको राजनीतिक पक्ष राखिएको छ। उक्त संग्रहालय निर्वासित तिब्बती सरकारको विदेश मन्त्रालयमातहत राखिएको छ।
‘यो तिब्बत र तिब्बतका बासिन्दाको संघर्षको इतिहास प्रदर्शन गर्ने मौका हो। यो संग्रहालय तिब्बतका बासिन्दाको संघर्ष, भारतीयहरूको आतिथ्य र तिब्बतको उद्देश्यलाई समर्थन गर्नेहरूमा केन्द्रित हुनेछ,’ छिरिङले भने, ‘हामी एक भर्चुअल गाइड विकसित गर्ने योजना बनाउँदै छौँ। यसलाई हामी भारतका अलग–अलग भाषाहरूमा तयार पार्दैछौँ। ता कि, भारतका सबै भाषा भाषीले तिब्बतको कथा थाहा पाऊन्।’