काठमाडाैं– शाहरुख खानको फिल्म ‘जवान’ हजार कराेड क्लवकाे नजिक पुगेकाे छ। फिल्मले विश्वभर एक हजार करोड कमाउने रेकर्डकाे नजिक पुगेको हाे।
Advertisement
फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै शाहरुख खानको फिल्म जवान सबैभन्दा छिटो ५०० करोड क्लबमा सामेल हुने हिन्दी फिल्म बनेको बताएका छन्।
फिल्म जवानको हिन्दी संस्करणले १८ दिनमा ५ सय करोड कमाएको छ। जसमा आज आइतबारको कमाइ पनि समावेश गरिएकाे छ।
यसअघि गदर-२ ले २४ दिनमा, पठानले २८ दिनमा र बाहुबलीले ३४ दिनमा ५०० कराेड कमाइ गरेका थिए।
जवान २०२३ मा हिन्दी संस्करणमा ५०० करोडभन्दा बढी कमाउने शाहरुखको दोस्रो फिल्म बनेकाे छ। यसै वर्ष रिलिज भएकाे शाहरुखको फिल्म पठान पनि ब्लकबस्टर भएकाे थियाे।