काठमाडौं– क्रिकेटर ललित राजवंशी घाइते भएका छन्। चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा उनी घाइते भएकाे क्यानले जनाएको छ।
Advertisement
राजवंशी घाइते भएपछि उनको आज शल्यक्रियाको तयारी गरिरहेको क्यानले पेजमा उल्लेख गरेको छ।
‘चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य ललित राजवंशी घाइते भएका छन्। घाइते भएर काँधको हड्डी(क्लोज्ड राइट क्याल्भिकल फ्याक्चर) भाँचिएकोले आज शल्यक्रिया गर्ने तयारी गरिएको छ’, क्यानले भनेकाे छ।
राजवंशीले एसियन गेम्स गुमाउने भएका छन्। यदि छिटाे निकाे नभए उनले १३ असोजदेखि नेपालमै हुने टी-२० विश्व कपको एसिया छनोटको खेल पनि गुमाउने संभावना छ।