• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

प्रचार नपाएको नौ बहिनी झरना


शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित

काठमाडौं- बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँको शिरमा छ नौ बहिनी झरना । एउटै पहाडको खोँचमा नौ स्थानमा रहेका झरना पर्यटकी हिसाबले निकै सम्भावना बोकेका छन् । मोराखोलामा कलकल पानी झर्दै बनेका आकर्षक झरनाको प्रचारप्रसार नहुँदा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् ।

Advertisement

एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम नौ बहिनी झरना राखेका हुन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीन घण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ ।

मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमशः माइली, साइली र कान्छी भन्ने गरिएको छ । झरना जङ्गलको बीचमा रहेको हुँदा स्थानीयले घाँस दाउरा गर्न जाँदा झरनाको पहिचान गरेका थिए । वर्षौं अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन ।

झरनाको फेदमा भल्कोटका स्थानीयले गोठ बनाएका छन् । गोठमा वर्षात्को समय सयौँ गाईभैँसी र भेडाबाख्रा बाँध्ने गरिन्छ । चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोजस्थलका रूपमा पनि निकै उत्कृष्ट मानिन्छ । गोठमा बस्ने गोठालाले यही झरनाको पानी पिउने गर्छन् । यो झरना पैदलयात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ ।

ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रसार गर्न थालेको छ । यहाँ पूर्वाधारसमेत निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ । पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले झरनालाई प्रवद्र्धन गर्नका लागि पालिकाले योजना बनाएको बताए । भौगोलिक विकटताका कारण अहिलेसम्म कुनै पनि संरचना निर्माण गर्न नसकिएको उहाँको भनाइ छ ।

उनले भने, ‘एकै ठाउँमा यति धेरै झरना त विरलै होलान्, यी झरना पर्यटकीय हिसाबले निकै मनमोहक छन्, अहिलेसम्म झरना ओझेलमा परेका छन्, अब मुख्य सडकदेखि नै पदमार्ग बनाउने, प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउने योजना बनाएका छौँ, आगामी वर्षको बजेटमा यसलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’

झरना समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भल्कोट गाउँदेखि यहाँसम्म पुग्न करिब दुई घण्टा पैदलयात्रा गर्नु पर्छ । यतिबेला झरना निकै मनमोहक देखिने स्थानीय बताउँछन् ।

 

शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.