काठमाडाैं– दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा कम्तिमा ६४ जनाको मृत्यु भएको छ। आगलागीमा परि अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्।
दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीका अनुसार हालसम्म ६४ जनाको शव फेला परेको तथा ४० जना सामान्य घाइते भएका छन्।
बिहीबार बिहान जोहानेसवर्गस्थित एक पाँचतले आवासीय भवनमा आगो लागेको थियाे। उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। प्रवक्ता मुलाजीले मृतकको मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन्। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचालन भएका छन्। घाइतेलाई अस्पताल पुर्याइएको छ। आगलागीको कारण भने खुलेको छैन।
केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्र रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ। आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ।