काठमाडाैं– सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान देशमा जारी भीषण युद्धका बीच इजिप्टको भ्रमणमा निस्किएका छन्। गत अप्रिलमा युद्ध सुरु भएयता उनको यो पहिलो विदेश भ्रमण हो।
Advertisement
सुडानको दोस्रो ठूलो शहर न्यालामा जारी पछिल्लो सङ्घर्षमा ३९ जनाले ज्यान गुमाएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार सरकारी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको द्वन्द्वमा धेरै महिला र बालबालिकाले ज्यान गुमाएका छन्।
जनरल बुरहान र उनका पूर्व सहायक मोहम्मद हमदान डग्लोबीचको मतभेद १५ अप्रिलदेखि युद्धमा परिणत भएपछि राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ।
युद्धमा परी हजारौंको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन्।