काठमाडौं– साताको दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनकाे भाउ स्थिर रहँदा चाँदीकाे भाउ भने घटेकाे छ।
Advertisement
आज छापावाल सुन तोलामा १ लाख ११ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि छापावाल सुन तोलाकाे १ लाख ११ हजार १०० रुपैयाँमै काराेबार भएकाे थियाे।
आज तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज चाँदीको भाउ भने घटेकाे छ। चाँदी आज ताेलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। साेमबार चाँदी ताेलामा १ हजार ४६५ रुपैयाँमा काराेबार भएकाे थियाे।