काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध उच्च अदालत पुगेका काठमाडौं महानगरका मेयर बालेन शाहको रिट खारेज भएको छ।
Advertisement
बुधवार उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले बालेनको रिट खारेज गरेकाे हाे।
याेसँगै क्यानलाई मेयर बालेन शाह र महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कारबाही गर्ने र बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय कार्यन्वयनको बाटो खुलेकाे छ।
महानगर प्रहरीले त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो।
सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए। अदालतले तत्काल बालेनलाई स्पष्टिकरण नसोध्न अन्तरिम आदेश दिएको थियो।