• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण


शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
काठमाडौं-  नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ ।नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताए ।
अहिले नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण हुने गरेको छ भन्दै उनले यस्ता रोग नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीका रूपमा आएको आँैल्याए । ‘पेनप्लस’ कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढे आगामी पाँचदेखि १० वर्षमा मृत्युदर धेरै घटाउन सकिने डा कोइरालाको भनाइ थियो । रोगको पहिचान नभई अकालमा हुने मृत्यु रोक्न यो कार्यक्रम प्रभावकारी बन्ने उनले जनाए ।
‘रोगको पहिचान भयो भने उपचार तथा व्यवस्थापन हुनेछ र यसबाट अकाल मृत्यु टार्न सकिन्छ,’ डा. कोइरालाले भने, ‘आर्थिकरूपमा कमजोर रहेर स्वास्थ्योपचार गराउन नसकेका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने, औषधि उपलब्ध गराउने र थप उपचार गराउनुपर्ने अवस्थामा पनिसहयोग मिल्ने छ ।’
उनका अनुसार दमकमा उपचार हुन नसके वा थप जाँच गर्नुपर्ने अवस्था भएमा यहाँबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न लागिएको छ । यसका लागि प्रारम्भिक चरणको सम्झौता भइसकेकाले एकजना सम्पर्क व्यक्तिसमेत राखिने छ ।
छलफलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा डा सञ्जीव शर्माले ‘पेनप्लस’ कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदा मानिसको अकाल मृत्युलाई रोक्न सकिने जानकारी दिए । उनले दमकबाट रेफर भएर गएका बिरामीको जाँच तथा उपचारका लागि आवश्यक प्रबन्ध मिलाइने प्रतिबद्धता पनि जनाए ।
स्वास्थ्य सेवा विभागअन्तर्गत पेनप्लस कार्यक्रमका प्रमुख फणीन्द्रप्रसाद बरालले दमक र बर्दियामा नमूनाको रूपमा यो कार्यक्रम सुरु भइसकेको जानकारी गराए । यो अहिले नमूना परियोजनाको रूपमा दमकसहित सीमित ठाउँमा रहे पनि यसलाई विस्तार गरिँदै लैजाने उनको भनाइ थियो।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख रेगिना भट्टराईले मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सरजस्ता नसर्ने रोगको अनुसन्धानात्मक उपचारका लागि दमक अस्पतालमा कार्यक्रम सञ्चालन भइरहेकाले यसबाट लाभ लिन छिमेकी पालिकाका प्रतिनिधिलाई आग्रह गरे।
कार्यक्रममा मोरङ, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, इलाम, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, झापा, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजनकुमारी न्यौपानेलगायतले विलासी जीवनशैलीका कारण नसर्ने रोगको प्रकोप बढिरहेकाले यसका लागि सहकार्य गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।
‘पेनप्लस’ कार्यक्रमअन्तर्गत नसर्ने रोगका मुख्यगरी मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता बिरामीको परीक्षण, उपचार र औषधिलगायतको सेवाबारे उक्त नगरपालिकासहित आसपासका पालिका प्रमुख तथा प्रतिनिधिबीच छलफल गरिएको थियो ।

Advertisement

शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.