बर्दिया -ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ घर बस्ने कमारो सुनारको नारायण सुनचाँदी पसलबाट करिब ५ लाख ५३ हजार ५१ रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गहना बिहीबार राति चोरी भएको छ ।
Advertisement
सोही नगरपालिका-३ जुडापानीस्थित उनको पसलमा सटरको पाता दोबारी उक्त धनमाल चारी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बग्नाहबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।