काठमाडौं- म्याग्दी बेनी नगरपालिका-३ दुधेखोलास्थित भिरमा सोही नगरपालिका-२ बस्ने ५३ वर्षीय भिम बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २० गतेदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो ।
स्याङ्जा आँधीखोला गाउँपालिका-४ सरादी खोलामा पर्वत फलेबास नगरपालिका-१ सुन्दरीडाँडा बस्ने ४१ वर्षीय शालिकराम बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान कपुरकोट गाउँपालिका-५ ओखरपाटास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-६ सिनबाँङ बस्ने १६ वर्षीय टेक बहादुर बोहरा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका-५ ओखरपाटा बस्ने तिलक बहादुर बुढाको छोराको विवाहमा गएकोमा घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट रीमबाट खटिएको प्रहरी टोली र आफन्तले खोजी गर्ने क्रममा उक्त गोरेटो बाटोमा करिब ५० मिटर तल उनको शव फेला परेको हो ।
जाजरकोट भेरी नगरपालिका-३ तल्लो थाप्लेस्थित खोल्सामा सोही नगरपालिका-३ स्यालाँ बस्ने ३४ वर्षीय लाल बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार साँझ घरबाट खलंगा बजार जान्छु भनी हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो ।
उदयपुर कटारी नगरपालिका-४ भु-गोल पार्कस्थित प्रकाश थापाको निर्माणाधिन घरमा हाल नाम, थर,वतन नखुलेको करिब ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।