• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

संस्कृत पढ्दै मुस्लिम बालबालिका


मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

विराटनगर– फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतमा मोह बढकको छ। विराटनगर-७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन्। संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन्।

Advertisement

ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दू धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन्। स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र पढ्न बालबालिका पोख्त छन् उनीहरू सजिलै संस्कृत भाषा बोल्ने गर्छन्। विराटनगर-७ हरियाली टोलका सलमान शेख सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छन्। उनलाई ठूलो भएपछि आचार्य बन्ने रहर छ। संस्कृत भाषाप्रति अत्यन्तै लगाव भएको शेख बताउँछन्। उनी भन्छन्, “संस्कृत सबै भाषाको जननी हो। मलाई संस्कृत भाषा सबैभन्दा सजिलो लाग्छ। संस्कृतले नैतिकता र शुद्ध आचरण सिकाउने गरेको छ।” उनले घरमा आफ्ना बाबुआमालाई विद्यालयमा पढेको र सिकेको संस्कृत भाषा, व्याकरण र मन्त्रोच्चारण सुनाउने गरेको बताए।

आफरोज शेखले छोरा सलमानमा सानैदेखि आध्यात्मिक प्रवृत्तिको रहेको बताउए। उनले आफू सबै धर्मको समान सम्मान गर्ने व्यक्ति भएकाले छोरा सलमानलाई संस्कृत विद्यालयमै भर्ना गराएको बताए। संस्कृतको जग छोराछोरीमा बसाल्न सकियो भने जस्तोसुकै दुःख र परिस्थितिको सामना गर्न सक्षम हुने बुबा अफरोजले बताए।

कक्षा ४ मा अध्ययनरत सुहाना खातुनले संस्कृतले विद्यार्थीलाई अनुशासित बनाउने बताइन्। कक्षा ४ मै अध्ययनरत अतिसा खातुनले पनि फरक धर्म मान्ने भए पनि संस्कृत अध्ययन गर्दा आफ्नै समुदाय र समाजले पनि प्रोत्साहन नै गरेको उल्लेख गरिन्। ठूलो भएपछि नर्स बन्ने चाहना बोकेकी अतिसाले संस्कृत जान्ने व्यक्तिलाई कुनै पनि विषय गाह्रो नलाग्ने जानकारी दिइन्।

विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत रहेको प्राचार्य चुडामणि नेपालले बताए। उनले विद्यालयमा ४० मुस्लिम समुदाय र ३० दलित समुदायका विद्यार्थीले पनि संस्कृत भाषा अध्ययन गरिरहेको बताए। प्राचार्य नेपालले मुस्लिम र दलित समुदायका बालबालिकाको पछिल्लो समय संस्कृत भाषाप्रतिको रुचिमा असाध्यै वृद्धि भएको बताए।

दलित समुदायकी बालिका कुमकुम मरिकले सानैदेखि छिमेकी घरको हजुरआमाले संस्कृतमा रामायण र महाभारत पाठ गरेको देखेर आफूमा पनि संस्कृत पढ्ने मोह बढेको बताइन्। उनले विद्यालयमा संस्कृत भाषा र साहित्यका साथै विभिन्न कर्मकाण्डीका मन्त्र पनि पढाइने हुँदा संस्कृत रोचक लाग्ने गरेको चर्चा गरिन्। ठूलो भएपछि डाक्टर बन्ने र देश सेवा गर्ने मरिकको लक्ष्य छ।

फरक-फरक धर्म र संस्कृति मान्ने समुदायका बालबालिकाले संस्कृत पढ्ने चाहनाले मुलुकमा धार्मिक सौहार्दताको उदाहरण पेस गरेको विद्यालयका संस्कृत शिक्षक बलराम कोइरालाले बताए।

मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.