• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

अनि जन्मान्ध सविनले संसार देखे …


मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

काठमाडौं- २५ जेठमा तिलगंगा आँखा प्रतिष्‍ठानमा आँखा दान गरेका व्यक्तिहरूको सम्झनामा सामूहिक श्रद्धाञ्‍जली समारोहका लागि पत्रकार सम्मेलन आयोजना गरेको थियो। समारोहमा उपस्थित चिकित्सकहरूले पत्रकारहरूलाई सविन बोगटी क्षत्रीको उदाहरण दिइरहेका थिए। संयोगवस, पातलो ज्यान, सेतो सर्ट, कालो पाइन्ट पहिरिएका र सर्टमा कालो चश्मा झुण्ड्याएका एक युवक पनि कार्यक्रममा उपस्थित थिए।

Advertisement

कुर्सीमा बसिरहेका ती ‘ह्यान्डसम’ युवकलाई देख्दा पटक्कै लाग्दैनथ्यो उनी कुनै समय दृष्‍टिविहीन थिए भन्‍ने। चिकित्सकहरूले भनेको कुरा उनी निकै चाख दिएर सुनिरहेका थिए। यस्तो लाग्थ्यो, उनी सञ्‍चारकर्मी नै हुन्। विस्तारै सबैलाई जानकारी भयो, उनी नै सविन बोगटी क्षत्री हुन्। र, उनै युवक हुन्, जसले ०६३ सालमा ११ वर्षको उमेरमा मात्र संसार देख्‍न पाएका थिए।


कथा सविनको

अहिले २८ वर्षका भए सविन। स्याङ्जाको आँधिखोला गाउँपालिका-५ का स्थायी बासिन्दा हुन्, उनी। बाबु गोविन्दबहादुर र आमा लीलावतीका तेस्रो सन्तानका रूपमा ०५२ सालमा गाउँमै जन्मेका हुन्। उनीभन्दा अगाडि दुई दिदी जन्मेका थिए। उनीपछि दुई बहिनी जन्मिए।

कुनै पनि व्यक्ति जन्मनेबित्तिकै संसार हेर्न पाउँछ। तर, सविनले त्यो अवसर ११ वर्षको उमेरमा मात्र पाए। कारण- उनी जन्मँदा नै पूर्ण रूपमा दृष्‍टिविहीन थिए।

उमेर बढ्दै जाँदा छोराले आँखा देख्‍ने आशा थियो, बाबु-आमाको। तर, पाँच वर्ष बित्यो, उनले आँखा देख्‍न सकेनन्। ०५७ सालमा बाबु-आमाले उनलाई पोखरास्थित घारेपाटन अस्पताल पुर्‍याए उनलाई। त्यहाँ समस्या समाधान हुने छाँटकाँट देखिएन। घारेपाटनका चिकित्सकले उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लैजान सुझाए।

त्यसको २ वर्षपछि मात्र अर्थात् ०५९ सालमा उनलाई बाबु-आमाले त्रिवि शिक्षण अस्पताल ल्याउन सके। त्यतिबेला उनी ७ वर्षका थिए। शिक्षण अस्पतालमा उनलाई वर्षदिनसम्म उपचार गरियो। मोतिया विन्दु भएको भन्दै शल्यक्रिया पनि गरियो। छोरालाई संसार देखाउन दत्तचित्त बाबु-आमाले करिब ४ लाख रुपैयाँ खर्च गरे। तर, बिसेक भएन।

करिब ४ लाख सकिएपछि मात्र शिक्षण अस्पतालका चिकित्सकले उनलाई तिलगंगा आँखा अस्पताल जान सुझाए। हतारमा उनीहरू तिलगंगा हान्‍निए। त्यहाँका चिकित्सकले सविनले आँखा देख्‍न सक्ने बताए। तर, त्यहाँस्थित आँखा बैंकमा कर्निया (आँखाको झिल्ली) उपलब्ध थिएन। बाबु-आमा फेरि पनि निराश हुँदै घर फर्किए।

चार वर्षपछि फेरि बाबु-आमा सविनलाई लिएर तिलगंगा आए। आँखा बैंकमा कर्निया पनि उपलब्ध थियो। यसपालि भने उनको आँखा प्रत्यारोपण हुने भयो।

पहिलोपटक उनको दायाँ आँखामा कर्निया प्रत्यारोपण गरियो। शल्यक्रिया भएको ३ दिनपछि उनको दायाँ आँखाबाट पट्टि हटाइयो। पहिलोपटक उनले आफ्नो आँखा प्रत्यारोपण गर्ने डा. रिता गुरुङलाई देखे। त्यसको डेढ घण्टापछि मात्र आफूलाई जन्म दिने आमाको अनुहार देख्‍न पाए।

आँखा त देखे, परिवार चिन्‍न अनुमानको भर

११ वर्षको उमेरमा उनले आफ्नै आँखाबाट संसार देख्‍न सक्ने त भए तर आफ्नै परिवारका सदस्यको आकृति उनको मानसपटलमा थिएन। पहिले सुनेको आवाजका आधारमा उनी परिवारको कुन सदस्य हो भन्‍ने ठम्याउन कोशिस गर्थे। परिवारका सदस्य चिन्‍न उनले अनुमानकै सहारा लिए।

आँखा नदेख्दा उनको सबै काम परिवारका सदस्यले नै गरिदिन्थे। आँखा देख्‍न थालेपछि शुरु-शुरुमा सविनलाई हिँडडुल र आफ्नो काम आफैं गर्न पनि गाह्रो भयो। केही महिना त उनलाई उज्यालोमा हेर्नसमेत कम्ता कठिन भएन। सोही कारण डाक्टरले उनलाई कालो चश्मा लगाउन सुझाएका थिए। पछि विस्तारै उनले परिवारका सदस्य र आफन्तजनलाई पहिल्याउँदै गए।

सविनको घरमा सबै पढे-लेखेकै थिए। उनीभन्दा अघिका दिदीहरू पनि गाउँकै स्कुलमा पढ्थे। त्यसकारण आँखा नदेखेर के भो त, छोरालाई पनि पढाउनुपर्छ भन्‍ने बाबु-आमाले सोच बनाए।

तर, त्यतिबेला दृष्‍टिविहीन बालबालिकालाई बे्रललिपिबाट पढाइ हुने विद्यालय स्याङ्जामा थिएन। त्यसकारण उनलाई पोखरामा ब्रेललिपिबाट पढाइ हुने स्कुल भर्ना गरियो। त्यहाँ उनी करिब एक महिना बसे। तर, अभिभावकविना निकै असहज महशुस गर्न थालेपछि उनलाई घरै लगियो। ०६३ सालमा दायाँ आँखा देख्‍न सक्ने भएपछि मात्र गाउँकै सरस्वती माविमा ११ वर्षको उमेरमा कक्षा १ मा भर्ना गरियो।

उनी गाउँकै विद्यालयमा परिरहेका थिए। ०६७ सालको कुरा हो। बाबु गोविन्दबहादुर र आमा लीलावती उनलाई लिएर फेरि काठमाडौं आए। र, तिलगंगामै उनको बायाँ आँखा पनि प्रत्यारोपण गरियो। त्यसपछि मात्र उनी दुवै आँखा देख्‍न सक्ने भए।

उनका अनुसार दुवैपटक आँखा जाँच र औषधिबाहेक अन्य शुल्क तिलगंगाले लिए। दुवै आँखा देख्‍न सकेकै कारण उनले केही कक्षामा फड्को मार्दै ०७१ सालमा स्याङ्जाकै प्रद्युम्न पनेरु उच्च माविबाट एसएलसी दिए। र, उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए। भक्तपुरस्थित सैनिक आवासीय माविबाट उनले प्लस टु उत्तीर्ण गरे। अहिले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्‍नातक अन्तिम वर्ष अध्ययनरत छन्।

उनको परिवारमा २ दिदी र २ बहिनी मात्र होइन, कान्छा भाइ पनि थिए। उनका कान्छा भाइको पनि दृष्‍टि कमजोर थियो। अलिअलि  हिँडडुल गर्न सक्थे। तर, मान्छेलाई पहिल्याउन सक्दैनथे। त्यसैले उनका भाइलाई पनि विद्यालय पठाइएको थिएन। सविन आफू राम्रोसँग देख्‍न थालेपछि भाइलाई लिएर उपचारका लागि तिलगंगा आँखा अस्पताल आएका थिए। उपचारपछि उनका भाइ पनि राम्रोसँग देख्‍न सक्ने भएका थिए। दुर्भाग्य, कक्षा-५ पढ्दै गरेका उनका भाइ ०७२ सालमा नदीमा नुहाउने क्रममा पानीमा डुबे। र, उनको देहान्त भयो। भाइको कथा सुनाउँदै गर्दा सविनका आँखा रसाइसकेका थिए।

अब आत्मनिर्भरताको मार्गमा

अहिले सविन काठमाडौं बालुटारमा बस्छन्। र, पाँच वर्षयता गाडीका पार्टपुर्जा सप्लाई गर्ने आफ्नै व्यवसाय सञ्‍चालन गर्दै आएका छन्। अहिले उनका आँखामा कुनै समस्या छैन। गाडी पनि सहजै चलाउन सक्छन्। भन्छन्, ‘आँखा देख्‍न थालेपछि मोबाइल हेर्दा र किताब पढ्दा आँखा नजिकै ल्याउने बानी लागेको छ।’

उनलाई प्रष्‍ट थाहा छ, आँखा दान महादान हो। किनकि, कसैले आँखा दान नदिएको भए उनले संसार देख्‍न शायदै पाउँथे। ‘आँखा दान मृत्युपछि गरिने दान हो,’ उनी भन्छन्, ‘त्यसकारण आँखा दान गरेर कहिल्यै आँखा नदेखेका मानिसलाई संसार देखाउनमा सबैभन्दा ठूलो पुण्य मिल्छ।’

बढ्दै आँखा दाता

‘नेपाल आई बैंक’का व्यवस्थापक शंखनारायण त्वायनाका अनुसार सन् १९९४ मा उक्त बैंक स्थापना भएको हो। स्थापनाताका बैंकमा एक जोर मात्र कर्निया संकलन भएका थिए। अहिले जनचेतना बढ्दै जाँदा मृत्युपछि आँखा दान गर्न रुचाउने व्यक्ति पनि बढ्दै छन्। र, आँखा बैंकमा कर्निया संकलन पनि बढेको छ।

अहिले पशुपति आर्यघाट मात्र होइन, वीर, त्रिवि शिक्षण, पाटन, गंगालाल हृदयरोग केन्द्रलगायत ठूला अस्पतालबाट पनि आँखा दाताको मृत्युपछि कर्निया संकलन गरिन्छ। तीमध्ये पशुपति आर्यघाट र त्रिवि शिक्षण अस्पतालबाट कर्निया बढी संकलन हुँदै आएको त्वायना बताउँछन्। काठमाडौं बाहिर मेची, कोशी, लहान, हेटौंडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीस्थित अस्पतालहरूबाट पनि आँखाको नानी संकलन गरिन्छ।

‘सन् १९९४ देखि मे २०२३ सम्म १२ हजारभन्दा बढीले आँखा दान गरेका छन्। यस्तै, १ लाखभन्दा बढी दाताले मृत्युपछि आँखाको नानी दान गर्ने प्रण गरेका छन्,’ त्वायना भन्छन्।

आँखा प्रत्यारोपण नेपालमा निकै सस्तो छ। नेपालमा आँखाको नानी निःशुल्क प्रत्यारोपण गरिन्छ। तर, कर्निया राख्‍ने भाँडो र उपचार प्रकृया महँगो पर्ने भएकाले २५ हजारबाट शुरु भई जटिलता हेरेर ३५ हजार रुपैयाँसम्म उपचार शुल्क लाग्‍ने त्वायना बताउँछन्। भन्छन्, ‘शुल्क तिर्न नसक्ने व्यक्तिलाई पनि नेपाल आँखा बैंकले निःशुल्क उपचार गर्दै आएको छ।’

आँखाको नानीमा रक्तसञ्‍चार नहुने भएकाले जुनसकै उमेरका मानिसको कर्निया सबै उमेर समूहका लागि फिट हुन्छ। नेपालमा करिब ६० हजार जनालाई आँखाको नानी आवश्यक रहेको आँखा बैंकको तथ्यांकले देखाउँछ।

नेपालमा एक मात्र आँखा बैंक छ। छिमेकी भारतमा १३७ वटा आँखा बैंक छन्। एक मात्र आँखा बैंक भएकाले पनि दृष्‍टिविहीनको पहुँचमा आँखा प्रत्यारोपण पुग्‍न सकेको छैन। त्वायनाका अनुसार सन् १९९९ पछि मात्र नेपालले आँखा दान गर्ने लहर चलेको हो। त्यसअघि मानवीय सहायताका रूपमा विदेशबाट आँखाको नानी मगाउने नेपालले अहिले सोही शीर्षकमा अन्य मुलुकमा पठाउने गरेको छ।

डा. सन्दुकको हिमालयन क्याट्र्याक्ट

नेपालभरमा सन् १९८० सम्म तीनजना आँखा विशेषज्ञ र १६ वटा शय्या मात्र थिए, आँखाका बिरामीका लागि। सोही कारण नेपालबाट अन्धोपन हटाउने संकल्प लिएका नेत्ररोग विशेषज्ञ डा. जियोफ्रे नवीन र डा. सन्दुक रुइतले सन् १९९५ मा हिमालयन क्याट्र्याक्ट स्थापना गरे।

अहिले यो संस्थाले नेपाल मात्र नभई अन्य देशमा पनि जटिल आँखा उपचार सेवा, नेत्र रोग विशेषज्ञ तालिम र आवश्यक परेको ठाउँमा आँखा उपचारसम्बन्धी पूर्वाधार स्थापना गर्छ।

हिमालयन क्याट्र्याक्ट परियोजनाकी क्षेत्रीय व्यवस्थापक पुनम भण्डारी भन्छिन्, ‘डब्लूएचओको तथ्यांकअनुसार सन् २०२० मा विश्वमा २ अर्ब २० करोड मानिसमा दृष्‍टि कमजोर रहेको पाइएको थियो। तीमध्ये ६० प्रतिशत महिला छन्। यस्तै, १४ लाख बालबालिकाको दृष्‍टि कमजोर छ।’ तीमध्ये ९० प्रतिशत दृष्‍टिविहीन विकाशोन्मुख मुलुकमा रहेको तथ्यांक छ।

नेपालको तथ्यांक हेरौं। भण्डारीका अनुसार नेपालको कुल जनसंख्याको २.२८ प्रतिशत मानिसमा दृष्‍टि कमजोर छ। तीमध्य ५३ प्रतिशत महिला छन्। नेपालमा अन्धोपनको समस्या हुनुको प्रमुख कारण मोतिया विन्दु हो, जुन सामान्य शल्यक्रियाबाट निको हुन्छ।

मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.