मेष- दिन सामान्य रहने छ। दीर्घकालीन योजनाहरूमा गोपनीयता अत्यावश्यक छ। आकस्मिक धनलाभको योग पनि छ। साथीभाइको पर्याप्त सहयोग प्राप्त होला।
वृष- आजको दिन मध्यम छ। स्वास्थ्य कमजोर रहनाले सोचेजस्तो काममा मन नजाला। विलासितामा खर्च बढ्ने योग छ। स–साना घरेलु कामले अल्झाउन सक्छन्।
मिथुन- तपाईंकै व्यक्तिगत स्वभावले नजिकका साथीभाइ पनि टाढिने छन्। आर्थिक अभाव देखिने छ। हातमा आएको अवसर पनि गुम्ने छ। इष्टमित्र पनि टाढिन सक्छन्।
कर्कट- आज आकस्मिक धनलाभको योग छ। आम्दानीका स्रोतहरू बढ्ने छन्। साझेदारी व्यवसायले नाफा दिलाउला। दीर्घकालीन लाभको योजना अगाडि बढाउनु उत्तम हुनेछ।
सिंह- टाढाको यात्राको योजना बन्ला। नजिक बनेर धोका दिनेहरू सक्रिय छन्, सावधानी अपनाउनु होला। स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा विचार गर्नु होला।
कन्या- पुराना रोग बल्झिन सक्छन्। लेनदेनमा विवाद उत्पन्न हुन सक्छ। आश्वासन दिएर झुक्याउन खोज्नेहरूसँग सावधान रहनु होला। चोटपटकको भय रहेकाले सवारी साधन चढ्दा ध्यान दिनु होला।
तुला- अवसरले पछ्याएका छन्। व्यावसायिक खर्च बढ्ने सम्भावना छ। अरूकै काममा अल्झिनु पर्दा आफ्ना महत्त्वपूर्ण काम छुट्लान्। दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्ने समय छ।
वृश्चिक- आज शत्रु परास्त हुने योग छ। प्रतिस्पर्धीहरू पनि किनारा लाग्ने छन्। आतिथ्यपूर्ण सम्मान प्राप्त हुने सम्भावना छ। आम्दानी बढ्ने छ।
धनु- आज प्रशस्त सम्पत्ति आर्जन हुने योग छ। साहस र पराक्रम बढेको छ। अध्ययन, अध्यापनमा भने खासै ध्यान केन्द्रित गर्न नसकिएला। कार्यसम्पादनमा सहयोगीहरूको मात्र भर नपर्नु उत्तम हुनेछ।
मकर- पैसा या कुनै सामान हराउन सक्ने भएकाले सावधानी अपनाउनु होला। वादविवादको योग देखिएकाले तौलिएर मात्र बोल्न सुझाइन्छ। आफ्नो गोपनीयतामा बढी ध्यान दिनु उत्तम हुनेछ।
कुम्भ- आफ्नै स्वभावका कारण दाजुभाइ, बन्धुबान्धव टाढिन सक्छन्। आफ्नै कमजोरीले काममा पनि ढिलासुस्ती हुन सक्छ। व्यापार, व्यवसायले भने लाभ दिलाउलान्।
मीन- सानै प्रयासमा ठूला काम सम्पादन हुने योग छ आज। अपेक्षा गरिएका कामहरू आज फटाफट सम्पादन होलान्। प्रेम र मित्रताको बन्धन कसिलो बन्ला।