मेष- स्वास्थ्य कमजोर रहने छ, खानपानमा विचार पुर्याउनु होला। काममा पनि ढिलासुस्ती हुन सक्छ। रोगका कारण उपचार खर्च बढ्ला। आलश्य र थकान महशुस होला।
वृष- आकस्मिक धनलाभको योग छ। बुद्धि विवेकको प्रयोगमार्फत अपेक्षा गरिएका काम सफल बन्लान्। अधुरा काम पूर्ण हुँदा मनमा सन्तोष उत्पन्न होला।
मिथुन- आज परिवार सुख प्राप्त होला। नसोचेको ठाउँबाट धन आर्जन होला। साथीभाइसँग दिन रमाइलोमा बित्ला। अपेक्षा गरिएका काम सम्पादन होलान्।
कर्कट- आज रमणीय यात्रामा निस्किनुपर्ने हुन सक्छ। स्वास्थ्यले भने त्यति साथ दिने देखिँदैन। सामाजिक प्रतिष्ठा बढेर जाला।
सिंह- आज आर्थिक संकटले सताउन सक्छ। भौतिक साधन बिग्रिनाले मन खिन्न रहला। अनावश्यक खर्च बढ्ने योग रहेकाले मितव्ययिता अपनाउनु उत्तम हुनेछ।
कन्या- आफन्तजनसँग भेटघाट रहला। अपेक्षा गरिएका कामहरू भने अधुरा नै रहन सक्छन्। बिहान परिवार सुख र साँझपख काममा मन नजाला।
तुला- आज सकारात्मक एवं व्यावहारिक सोचको विकास हुन सक्छ। आकस्मिक रूपमा धनप्राप्ति पनि होला। आम्दानीका स्रोत बढ्ने योग रहेकाले धैर्य साथ काम लिनु होला।
वृश्चिक- व्यापार, व्यवसाय फलदायी रहलान्। नयाँ काममा हात हाल्ने समय आएको छ। आम्दानी पनि राम्रो हुन सक्छ। सन्तान सुख प्राप्त होला।
धनु- आज चोटपटकको भय रहेकाले सावधानी अपनाउनु होला। स्वास्थ्य अचानक बिग्रिन सक्छ। सही समयमा सही निर्णय लिन नसक्दा बनिसकेको काम पनि हातबाट फुत्किन सक्छ।
मकर- अरूलाई प्रभावित पारेर काम पट्याउने योग छ। राजनीति र जागिरमा तपाईंको वर्चश्व बढ्ला। काममा भने खासै मन नजाला। आदर सत्कार पाइने योग छ।
कुम्भ- कृषि कर्मले लाभ दिलाउला। सामाजिक काममा गरिएको लगानीले प्रतिफल दिनेछ। परिवारजनको साथ सहयोग प्राप्त होला। आर्थिक कारोबार राम्रै रहला।
मीन- आज आकस्मिक लाभ हुन सक्छ। आतिथ्य सम्मान प्राप्त होला। स्वास्थ्य बिग्रिने डर रहेकाले खानपानमा विशेष ख्याल गर्नु होला। परिवारमा मनमुटाव हुन सक्छ।