• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मादल बजाउन सिके पोखराका आमाहरूले


बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

‘आज मादल बजेको किन ?
गाउँ घर दुनियाँ ब्युँझाउन…’

Advertisement

जनकवि केशरी धर्मराज थापाको यो गीतले भनेझैँ अब पोखरा-९ का आमाहरूले छोराको बिहेमा रत्यौली र तिहारमा देउसी खेल्दा आफैं मादल बजाउन सक्ने भएका छन्।

वडा कार्यालयले यहाँका २५ महिला समूहका ६५ जनालाई १० दिने मादल बजाउने तालिम प्रदान गरेपछि वडाका आमा मादल बजाउन सक्ने भएका हुन्। तालिम लिएसँगै पोखरा-९ की टीकाकुमारी पोखरेलले भनिन्, ‘छोराको बिहेमा मादल बजाउन जान्‍ने मानिस अब खोज्‍न नपर्ने भयो, आफू र टोलका दिदीबहिनीले मादल बजाउन जान्‍ने भएपछि कसैको आवश्यकता नपर्ने भयो।’

नेपाली लोक धुन र परम्परागत बाजामा मादलको प्रयोग  बढी हुनेगर्छ। अर्कोतर्फ तिहारलाई विशेषगरी बत्ती र संगीतको चाड मानिन्छ। तिहारमा प्रत्येकको घरमा बत्ती बाली आँगनमा मादलको धुनसहित देउसी-भैलो खेल्ने गरिन्छ।

रत्यौली र तिहारमा मात्र नभई पूजाआजा, ब्रतबन्धजस्ता चाडपर्वमा पनि मादल बजाउने गरिन्छ। पोखरा-९ शान्ति वन आमा समूहकी सदस्य ५१ वर्षीया मञ्‍जु गुरुङले भनिन्, ‘तालिम लिनु अगाडि पनि मादल बजाउने गथ्यौँ, यसअघि तालबिना नै बजाएका रहेछौँ, तालिम लिएपछि कुन गीतमा कुन ताल दिने हो थाहा भयो।’

पोखरा-९ चण्डीका आमा समूहकी रचना खवासले १० दिने तालिममा सिकेका कुरा अब व्यवहारमा पनि लागू गर्ने बताइन्। झ्याउरे, रत्यौली, तिजगीत, भजन, देउसी र  भैलोमा पनि मादल बजाउन सक्षम भएको उनले बताइन्। वडा महिला सञ्‍जालकी अध्यक्ष भावना श्रेष्‍ठले नेपाली संस्कृतिमा मादलको प्रयोग धेरै हुने भएकाले तालिम फलदायी भएको बताइन्।

तालिममा उनीहरूले मादलको धुनसँगै नाचगानसमेत गरेका थिए। सबैलाई  आनन्दित बनाउने र सांगीतिक माहोल बनाउने मादल प्रत्येक समूहलाई एकएक वटा वितरण गरिएको छ।

ग्राहकले खरी भएको मादललाई सबैभन्दा राम्रो मान्‍ने गर्छन्। मादलको मूल्य १५ सयदेखि १४ हजारसम्म पर्छ। उक्त तालिमका प्रशिक्षक प्रदीपराज पलले पोखरा पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ मादलको प्रयोग बढी हुने गरेको चर्चा गरे।

पोखराका पसलमा राखिने अधिकांश मादल धादिङ, गोर्खा, तनहुँ, पाल्पा र पोखरामा बनाइएको हो।

तिहारको समयमा मादल बढी बिक्री हुने गरेको पाइन्छ। मादलमा बनाइएको बुट्टाअनुसार मूल्यमा फरक पर्छ। मादललाई नेपालीको मौलिक बाजा मानिन्छ। वडाध्यक्ष दीपेन्द्र मर्सानीलेतालिममा सहभागी २५ वटै आमा समूहलाई १-१ वटा मादल प्रदान गरे। उनले भने, ‘मादल हराउनु भनेको आफ्नो मौलिक बाजागाजा हराउनु हो।’

विद्युतीय बाजा ड्रम सेटको प्रयोग बढ्न थालेपछि नेपाली लोक बाजाका रूपमा ख्याति पाएको मादल बजाउनेको अभाव भएको देखेर नै यस्तो तालिम आयोजना गरिएकोे र मादल बनाउन छोडेका नयाँ पुस्तालाई पनि यसप्रति आकर्षण गर्ने लक्ष्‍य वडाको रहेको  भनाइ उनको छ।

‘नेवार समुदायले मादललाई ‘मगः खीं’ अर्थात् मगरको मादल भन्‍ने गर्छन्,’ योग गुरु थमुन श्रेष्‍ठले भने। मादलका धेरै धुन भए पनि विशेषत: झ्याउरे, समला, संगिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउने गरेको जानकारी प्रशिक्षक पलले जानकारी दिए।

पूर्वतिर किरात समुदायले हुर्रा नाचमा बजाउने मादल ठूलो हुन्छ। मारुनी नाचमा बजाइने मृदंगजस्तो हुन्छ। पश्चिम क्षेत्रमा थारु समुदायले बजाउने फरक शैलीको हुन्छ। दाङ, कैलालीलगायत जिल्लामा नाच्दै थारू समुदायले मादल बजाउँछन्।

रोल्पा, रुकुममा फरक किसिमको मादल बजाइन्छ भने कास्की, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतमा घाटु, नचहरि, कृष्‍ण चरित्र, मध्यपश्चिम तथा पूर्वाञ्‍चलमा मारुनी र हुर्रा नाचका गीतमा ठूलो मादल बजाइन्छ।  मादलको तालले नचाच्‍ने मान्छेलाई पनि नाचुँ-नाचुँ बनाइदिन्छ। यसको तालले गीत संगीतलाई जीवन्त राख्‍ने प्रशिक्षक पलले बताए।

बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

भर्खरै

  • १.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • २.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ३.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ४.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ५.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ६.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • ८.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.