मेष- नयाँ काम थालनी गर्ने समय छैन। आजको दिन सामाजिक र परोपकारका काममा मन जाला। आर्थिक लाभ हुने योग छ।
वृष- दाम्पत्य जीवन सुखमय रहला। प्रणय प्रसंगका लागि श्रेष्ठ समय छ। नजिकको लाभदायक यात्रा हुन सक्छ। आर्थिक कारोबार राम्रो रहला।
मिथुन- आजको दिन टाढिएका साथीभाइसँग भेटघाट होला। अपेक्षा नगरिएको काम बन्नाले मन प्रशन्न रहला। व्यापार, व्यवसायबाट लाभ हासिल होला। मिष्ठान्न भोजन हुन सक्छ।
कर्कट- वादविवाद हुन सक्ने भएकाले बोल्दा सावधानी अपनाउनु उत्तम हुनेछ। खानपानमा ध्यान नदिए स्वास्थ्य बिग्रिन सक्छ। आजको दिन सजगता अपनाउनु उत्तम हुनेछ।
सिंह- आजको दिन अनाज प्राप्ति हुन सक्छ। समस्यामा साथ दिने इष्टमित्र भेटिएलान्। आज आकस्मिक धनलाभ पनि हुन सक्छ। दिन रमाइलोसँग बित्न सक्छ।
कन्या- डुबेको धन उठ्दा मनमा सन्तोष प्राप्त होला। नजिकको यात्राको योग पनि छ। एकपछि अर्को काममा सफलता प्राप्त होला।
तुला- आज रमाइलो यात्रा हुन सक्छ। घरमा भने पाहुनाले सताउन सक्छन्। आकस्मिक धनलाभ हुन सक्छ। खासगरी, कृषि कार्य लाभदायक रहला।
वृश्चिक- सहयोगीले पूर्ण साथ दिने छन्। स-साना कामले अल्झाउन सक्छन्। स्वास्थ्य बिग्रिनाले अनावश्यक खर्च हुन सक्छ।
धनु- अपेक्षा गरिएको काम सहजै सम्पादन हुन सक्छ। खानपानमा विशेष सावधानी आवश्यक छ। मनमा द्विविधा नलिई अगाडि बढ्नु होला। धोकेबाजहरूबाट भने सावधानी अपनाउनु उत्तम हुनेछ।
मकर- परिवारजनसँगको भेटले मन हर्षित हुनेछ। धर्मकर्ममा मन जाला। आम्दानीका नयाँ-नयाँ स्रोत पत्ता लाग्नाले मनमा सन्तोष उत्पन्न होला।
कुम्भ- व्यापार, व्यवसाय लाभदायक रहलान्। पारिवारिक सुख प्राप्त होला। आम्दानी बढ्ने योग छ। काम गर्ने जोश जाँगर बढेको छ, त्यसलाई कायम राख्नु होला।
मीन- काममा अवरोध सिर्जना गर्नेहरूसँग सजग रहेर अगाडि बढ्नु होला। कसैमाथि अनावश्यक विश्वास नगर्नु उत्तम हुनेछ। किनकि, नजिक बनेर धोका दिनेहरू सक्रिय छन्।