मेष- स्वास्थ्य स्थिति कमजोर बन्न सक्छ। धनमाल हराउने, चोरिने वा ठगीमा परिन सक्छ। आजको दिन मध्यम छ।
वृष- आफन्तजनमा असमझदारी बढ्ने सम्भावना छ। आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला।
मिथुन- आर्थिक समस्या समाधान हुनेछ। शत्रुहरूलाई परास्त गर्न सकिनेछ। व्यापारबाट मनग्य फाइदा लिन सकिनेछ।
कर्कट- विभिन्न अवसरले पछ्याउनेछन्। मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। यात्रा र सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनु पर्नेछ।
सिंह- घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्नेछ। स्वास्थ्यमा समस्या पनि आउन सक्छ। ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ।
कन्या- घर खर्च बढ्नेछ। लामो समयदेखि रोकिएका काम भने सम्पादन हुनेछ। हातबाट अवसर गुम्न सक्छ। ध्यान दिएर काम गर्दा राम्रो।
तुला- प्रयत्न गरे अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन्। पराक्रम बढ्नेछ। प्रशस्त धन लाभ पनि हुन सक्छ। नयाँ काममा हात हाल्ने समय आएको छ।
वृश्चिक- सामाजिक प्रतिष्ठा पाइनेछ। शत्रु परास्त हुनेछन्। उच्च महत्त्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन्।
धनु- राजनीतिक पहुँच बढ्नेछ। खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
मकर- आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ। खराब व्यक्तिको संगतले मान सम्मानमा चोट पुग्नेछ। अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ।
कुम्भ- व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नेछ। लुगा, भोजन र विशेष उपहार हात लागी हुनेछ।
मीन- भूमिबाट प्रशस्त फाइदा मिल्नेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ।