मेष- धन आर्जन गर्ने अवसर मिल्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ।
वृष- नयाँ कामको प्रारम्भ गर्न सकिन्छ। दिगो आम्दानी हुने काम शुरु गर्ने मौका छ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।
मिथुन- प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। छर छिमेकमा असमझदारी बढ्न सक्छ।
कर्कट- व्यापारमा ठूलो उपलब्धी हासिल गर्न नसकिएला। इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
सिंह- अवसर प्राप्त हुनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ।
कन्या- बोलीको प्रभाव बढ्नेछ। मिहिनेतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
तुला- अध्ययनमा प्रगति हुने छैन। गोपनीयतामा ध्यान दिनुहोला। आर्थिक समस्या पनि पर्न सक्छ।
वृश्चिक- योजनाहरू गोप्य राख्दा राम्रो। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ।
धनु- विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। पारिवारिक भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
मकर- काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। नयाँ काम प्रारम्भ हुनेछ। नाम, दाम र इनाम हात पार्ने समय छ।
कुम्भ- स्वास्थ्यमा ध्यान दिँदा राम्रो। नसोचेको ठाँउबाट धनलाभ हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ।
मीन- आलोचकहरू बढ्नेछन्। आँटेको काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ। आजको दिन शुभ छ।