• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

चुक्तीखोलामा बन्न थाल्याे पुल- स्थानीयमा छायाे खुसीयाली


शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

ढोरपाटन– मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार। हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजात गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ।

Advertisement

नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएपछि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन्। चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने गरेका छन्।

नरेठाँटीभन्दा केही माथि तोरीखोला घरबास छ। यातायात सञ्चालन नहुँदा घरबासमा पाहुनासमेत पुग्न सक्दैनन्। लामो समयदेखि बर्खामा समस्या भोग्दै आएका स्थानीय अहिलेको बर्खामा भने गाडी सञ्चालन हुन्छ भन्नेमा आशावादी छन्।

चुक्तीखोलामा अहिले मोटरेबल पुल बन्न थालेपछि उनीहरुमा आशा पलाएको हो। दुई वर्ष अगाडि चुक्तीखोलामा पुल बनाउने सम्झौता भए पनि निर्माण कम्पनीले काम गरेको थिएन। केही समय यता पुल निर्माणले गति लिएको छ।

पुल निर्माण हुन थालेपछि स्थानीयसमेत हर्षित बनेका छन्। अहिले पुलको ढलानको काम हुन थालेको छ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको बजेटले यहाँ पुल निर्माण हुन थालेको हो। वि.सं. २०७८ वैशाखमा पुल निर्माणका लागि सम्झौता भएको थियो। वि.सं. २०७९ वैशाखमा पुल निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म सम्पन्न भएको छैन ।

निर्माण कम्पनीले समयमै पुल सम्पन्न नगरेपछि वि.सं. २०७९ पुससम्म म्याद थप गरिएको थियो । पुसमा पनि पुल बनेन ।

निर्माण कम्पनीले असार मसान्तसम्म सक्नेगरी धमाधम काम गरिरहेको गलकोट नगरपालिकाका सबइञ्जिनियर चन्द्र पुनले जानकारी दिए। पुल निर्माणका लागि रु दुई करोड तीन लाखमा जुम्ली-विके जेभिले जिम्मा लिएको पुनको भनाइ छ।

पुनका अनुसार अहिले पुलको ८५ प्रतिशत काम सकिएको छ। उनी भन्छन् “सुरुमा निर्माण कम्पनीले विभिन्न समस्या देखाएर काम गरेन, अहिले तीव्र गतिमा काम भएको छ, यो पुल अघिल्लो वर्षमै सकिएर सञ्चालनमा आउनुपर्ने हो, तर काम नहुँदा अहिलेसम्म सञ्चालन हुन सकेको छैन, धेरै काम बाँकी छैन, अहिलेकै हिसाबले काम निरन्तर भयो भने अबका दुई/तीन महिनामा पुल सम्पन्न हुन्छ, यो बर्खामा सञ्चालन हुने देखिएको छ।”

अहिलेसम्म पुल नबन्दा आफूहरुले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको स्थानीय कृषक हिराबहादुर पुनले बताए। उनले खास गरी गाउँमा कृषकले बर्खे तरकारी बढी उत्पादन गर्ने जनाउँदै खोलामा पुल नबन्दा डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपरेको दुखेसो पोखे। सडक नजिक भए पनि बर्खामा धेरै समस्या भोग्नुपरेको पुन बताउँछन्।

“हिउँदमा कुनै समस्या छैन, साना ठूला सबै गाडी खोला तर्छन्, बारीबाटै तरकारी बेच्न सकिन्छ, तर बर्खामा चुक्तीखोला उर्लेर आउँछ, खोला वारपार गर्न पनि निकै कठिन हुन्छ, वारपारका लागि बनाइएको झोलुङ्गे पुल पनि पुरानो भएको छ”, पुनले भने “ज्यानलाई हत्केलामा राखेर पुल तर्नुपर्छ, न झोलुङ्गे पुल गतिलो छ, न मोटर गाडी तर्ने पुल, खोलामा पुल बनाउन थालेको पनि दुई/तीन वर्ष भयो, अहिले त सक्छन् कि जस्तो छ।”

गलकोट-२ का वडा अध्यक्ष हिमबहादुर भण्डारीले पुल समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई समयसमयमा आग्रह गरिरहेको बताए। उनले समयमै पुल नबन्दा बर्खामा स्थानीयलाई सामान ढुवानी गर्न निकै समस्या हुने गरेको बताए। सबैभन्दा बढी मर्कामा कृषक परेको उनको भनाइ छ।

अध्यक्ष भण्डारी भन्छन् “खोला नजिकै विद्यालय र वडा कार्यालय रहेको छ, सेवाग्राही सेवा लिन आउँदा पनि खोलाको डर भइरहेको छ, यो पुल बनेपछि यस क्षेत्रका हजारौँ नागरिकलाई सहज हुने थियो, बर्खाको समय गाउँमा कोही बिरामी परेर अस्पतालमा पुर्‍याउनुपरे झन् ठूलो समस्या पर्छ, यस वर्षदेखि पुल सञ्चालनमा आउँछ कि भन्ने अपेक्षा छ, अहिले पुलको काम धमाधम भइरहेको छ।”

शनिबार, बैशाख १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे
काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति
आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

भर्खरै

  • १.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • २.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ३.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ४.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ५.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ६.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • ८.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.