मेष- आजको दिन भोग्योदयको योग छ। अवसर र आम्दानीका स्रोतहरूले पछ्याएका छन्, हात पार्ने कोशिस गर्नु होला। आफ्ना योजनाहरू भने गोप्य राखेर अगाडि बढ्नु होला।
वृष- आजको दिन इच्छाशक्ति बढेको छ। अध्ययन अध्यापनमा खासै सफलता नमिल्ला। तर, सिर्जनात्मक कामले फाइदा दिलाउला। स्वास्थ्यले साथ दिने छैन। त्यसका बावजुद कीर्तिमानी काम गर्न सकिएला।
मिथुन- आजको दिन जग्गा कारोबारीका लागि लाभदायक रहला। सामाजिक र परोपकारका काममा रुचि बढेको छ। आम्दानी भए पनि खर्चले सताउला।
कर्कट- आजको दिन मान सम्मान पाइने योग छ। भौतिक साधन प्राप्त हुन सक्छ। मिहिनेती कार्यशैलीबाट काम सम्पादन सहजै होला। परिश्रमको फल पाइएला।
सिंह- आजको दिन सिर्जनात्मक काममा समय दिन पाइएला। टाढाको यात्राको योजना बन्ने छ। दिन उत्साहमा बित्ला।
कन्या- आज व्यावसायिक यात्रामा निस्किनु पर्ला। साझेदारी व्यवसायमा भने खटपट हुन सक्छ। दाम्पत्य जीवन भने सुमधुर रहला। परिश्रमको फल प्राप्त होला।
तुला- आज प्रियजन भेटघाट रहला। सिक्ने र सिकाउने दिन परेको छ। अध्ययन अध्यापन पनि सफल रहला। कृषिजन्य उद्यमबाट लाभ हासिल होला।
वृश्चिक- दीर्घकालीन लाभको दिशामा सकारात्मक संकेत देखिने छ। आश मारेको काम फटाफट सम्पादन होला। समयमै निर्णय लिन सक्दा नयाँ अवसर प्राप्त होला।
धनु- गोपनीयता अपनाउन नसक्दा हात परेको अवसर पनि फुत्किन सक्छ। कार्य क्षमतामा अभिवृद्धि भएको छ। साथीभाइको सहयोगमा दीर्घकालीन लाभका ठूला योजना सहजै सफल होलान्।
मकर- आजको दिन बिनसित्तिको आरोपले तनाव उत्पन्न गराउला। आफूमाथि अरूले अधिकार जमाउने चेष्टा गर्लान्। स्वादिष्ट व्यञ्जनमा रमाउने समय छ।
कुम्भ- परिवारजनसँग भेटघाट र आत्मीयता बढ्ने छ। आज कसैले तपाईंलाई ठग्ने प्रयास गर्ला, होसियार रहनु होला। आर्थिक कारोबारमा मितव्ययी हुनु नै श्रेयष्कर हुनेछ।
मीन- मिहिनेती स्वभावले कीर्तिमानी काममा सफलता दिलाउने छ। दाम्पत्य जीवनमा तनाव उत्पन्न भए पनि सहजै सल्टाउन सकिने छ। सभा समारोहमा दिन बित्ला।