काठमाडौं- अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बन्ने भएकी छन्। आफू फेरि आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
Advertisement
पछिल्लो समय अभिनयबाट टाढा रहेकी गरिमाले २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन्।
उनले उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं ।’
उनले बिहिबार इन्स्टाग्राममा पोष्ट गरेको छोरीसँगको एक तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ ।