• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सिनेमा प्रिभ्यू- मायाभन्दा ठूलो नै के छ र !


बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

काठमाडौं- ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो। चलचित्र ‘प्रसाद’मा संगीत गीतले कथालाई व्याख्या गरेको छ। सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन्। यद्यपि, उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्वीकार्दैन। पेशागत रूपमा कपडा सिलाउने बाबुरामसँग गाउँले मुखियाले आफ्नी छोरी नारायणीको सम्बन्ध स्वीकार्दैनन्। फलतः प्रेमलाई संसार मानेको जोडी गाउँबाट शहर पस्छन्।

Advertisement

शिक्षित समाज भनिएको शहरमा सामाजिक विभेद र निःसन्तान दम्पतीको पीडाबाट गुज्रिएका बाबुराम र नारायणीले नसोचेको घटनाको सामना गर्छन्। आफ्नै गाउँलेबाट शहरमा बलात्कृत भएकी नारायणीको जीवनमा झनै पीडा थपिन्छ। नारायणीबाट जन्मिएको बच्चालाई बाबुरामले ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन्।

चलचित्रका लेखक सुशील पौडेलले नारायणीबाट जन्म भएको सन्तान बाबुरामले प्रसादको रूपमा स्वीकारेको बताए। ‘मन्दिरमा चढाइएको फलफूल कसरी त्यहाँसम्म आइपुग्यो भन्ने सोचिँदैन, तर मन्दिरबाट दिइने त्यही फल भक्तजनका लागि प्रसाद हुन्छ। बाबुरामले पनि नारायणीको कोखलाई मन्दिर मानेका छन्,’ लेखक पौडेलले भने। उनको लेखन रहेको ‘प्रसाद’को दोस्रो शृंखला प्रदर्शनको तयारीमा छ। निर्माणको समयदेखि नै विभिन्न कठिनाइ झेल्दै १५ वैशाखमा प्रदर्शन हुँदैछ।

‘प्रसाद २’मा निर्देशक फेरिएका छन्। कलाकार पनि फेरिएका छन्। यसको कथा अघिल्लो चलचित्र सकिएकै स्थानबाट अगाडि बढेको लेखक पौडेलले जानकारी दिए। ‘अनुहार फेरिएका छन्। तर पात्र र परिवेश उही हो। त्यसैले हामीले यसलाई शृंखलाबद्ध रूपमै अगाडि बढाएका छौं,’ लेखक पौडेलले भने। त्यसो त ‘प्रसाद’ का निर्देशक दिनेश राउतले कथा अगाडि बढ्ने परिस्थिति नरहेको भन्दै निर्देशन नगर्ने घोषणा गरेका थिए। त्यही कारण दोस्रो शृंखलालाई सुदर्शन थापाले निर्देशन गरेका छन्।

‘पहिलो शृंखलामा प्रेम गरेवापत जातीय विभेदकै कारण चलचित्रको मुख्य पात्र बाबुराम र नारायणीले गाउँ छोडेर शहर बसाइँ सर्न बाध्य भए। तर, शहरमा घटेको घटनाले उनीहरूलाई भाग्नु समाधान होइन भन्ने ज्ञान दियो,’ लेखक पौडेलले भने, ‘देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे। उनीहरूको अन्तरजातीय र वर्गीय संघर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृंखला तयार गरेका हौं।’

चलचित्रमा अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका वहन गरेका छन्। शहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन्।

देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन्। उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिए पनि त्यहाँ विभेद कायम नै छ। कानूनी रूपमा अधिकार प्राप्त गरे पनि सामाजिक हिसाबले बाबुराम र नारायणीलाई सहज छैन।

‘प्रसादमा दम्पतीको आन्तरिक कथा थियो भने दोस्रो शृंखलामा सामाजिक कथा देखाएका छौं। गाउँमा सामाजिक चेतनाको स्तर बढाउन आएका दम्पतीले के कस्ता समस्याको सामना गर्छन् भन्ने घटनाक्रम देखाएका छौं,’ लेखक पौडेलले भने, ‘हामीले पहिलो चलचित्रको सफलताले नयाँ बनाएका होइनौं। यो कथा भन्नुपर्छ भन्ने लागेर तयार गरेका हौं।’ मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ।

यो कथा आफूद्वारा भनिनुपर्छ भन्ने लागेर नै निर्देशनको लागि सहमत भएको निर्देशक थापाले बताए। ‘मेरो लागि पात्र, परिवेश सबै नयाँ थियो। यो कथालाई मैले न्याय दिनसक्छु भन्ने लागेर नै निर्देशन गरेको हुँ। संविधानतः नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारतः त्यसो हुन सकिरहेको छैन। यसलाई हामीले प्रस्तुत गरेका छौं,’ निर्देशक थापाले भने। प्रायः शहरिया प्रेमकथालाई चलचित्रमा प्रस्तुत गर्ने निर्देशक थापाले यसपटक भिन्न परिवेशलाई पर्दामा देखाएका छन्।

चलचित्र बनाउने प्रक्रियामा आफ्नोपन दिएको उनले बताए। ‘यसको निर्माणशैली मेरोअनुसार छ। तर कथामा मौलिकता छ। यसमा हाम्रै समाजलाई चित्रण गरेका छौं। सरल कथा र प्रस्तुती छ,’ निर्देशक थापाले भने, ‘बाहिरी रूपमा देखिएका उतारचढावले चलचित्रलाई असर गरेको छैन। मैले सोचेजस्तो चलचित्र बनाउन सफल भएको छु।’

गाउँ पुगेर बाबुराम राजनीतिमा होमिनुको कारण नै परिवर्तनलाई संस्थागत गर्नु रहेको लेखक पौडेल बताउँछन्। चलचित्रमै सत्ताले शक्ति निर्माण गर्छ भनिएको छ। ‘शक्ति आर्जन गरेर न्यायको बाटो छोटो बनाउने प्रयासमा बाबुराम छन्। उनी गाउँ फर्किंदा राजनीति गर्ने उद्देश्य बोकेर आएका होइनन्। तर लक्ष्य पूरा गर्न त्यही बाटो हिँड्न बाध्य हुन्छन्,’ लेखक पौडेलले भने।

चलचित्रको मूलकथा राजनीति होइन। यो यात्राको सहयात्रा मात्र हो। शहरमा विभिन्न घटनाक्रमलाई झेलेका बाबुराम दम्पतीले गाउँको सामाजिक विभेदको सामना कसरी गर्छन् ? उनीहरू सामाजिकसँगै पारिवारिक लडाइमा सफल हुन्छन् वा असफल ? यो थाहा पाउन चलचित्र नै हेर्नुपर्छ।

‘बाबुराम दम्पती बलियो बनेका छन्। अडानका साथ जन्मथलो फर्किएका छन्। त्यो अडानलाई सामाजिक विभेदले टिक्न दिन्छ त ? यहाँ बाबुराम दम्पतीले आफ्नो मात्र नभई धेरै प्रसादको लागि संघर्ष गरेका छन्। त्यसलाई हामीले चलचित्रको स्वरूप दिएका छौं,’ निर्देशक थापाले भने।

कलात्मक पक्ष सशक्त रहेको चलचित्र ‘प्रसाद २’ को सार्वजनिक प्रचार सामग्रीले व्यावसायिक पाटोलाई उत्तिकै सबल बनाएको छ। यसमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपालले अभिनय गरेका छन्। चलचित्रमा राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठले सम्पादन, राजनराज शिवाकोटीले संगीतको जिम्मेवारी सम्हालेका छन्। सुदर्शन बस्नेत निर्माता रहेको चलचित्रको प्रस्तुतकर्तामा सुभाष थापा छन्।

बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.