काठमाडौं– आगामी मंसिर ८ मा चलचित्र ‘बिच्छेद’ प्रदर्शन हुने भएको छ । चलचित्रको प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक भएको छ ।
Advertisement
सत्यराज चौलागाईद्वारा निर्देशित यस चलचित्रको प्रदर्शन मिति उल्लेख गर्दै आज निर्माण टिमले एउटा पोस्टर सार्वजनिक गरेको हो ।
आगामी मंसिर ८ गतेबाट प्रदर्शन मिति तोक्दै सार्वजनिक गरिएको उक्त पोस्टरमा चलचित्रका प्रमुख दुई पात्र अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवा फिचर्ड रहेका छन् ।
तर, उनीहरुको अनुहार भने देखाइएको छैन । उनीहरू कहीं डाँडामा बसेर सेता हिमाल हेर्दै गरेको अवस्थामा प्रस्तुत भएका छन् ।
चलचित्रमा मुकुन र लक्ष्मीका अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राज उपाध्याय र जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि चलचित्र ‘बुलबुल’ मा अभिनय गरेका थिए ।