मेष- आजको दिन कामबाट उपलब्धीको अपेक्षा नगरेकै राम्रो। साथीभाइको राम्रो सहयोग भने पाइने छ। तथापि, स-साना काममै समय व्यतीत होला।
वृष- आजको दिन झण्झटिलो यात्राको योग छ। अवसरको खोजीमा समय व्यतीत होला। खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ।
मिथुन- आजको दिन परोपकारजन्य क्रियाकलापमा रुचि बढ्ला। स्वास्थ्य कमजोर रहने छ। अध्ययन, अध्यापनको क्षेत्र सफल रहला। आम्दानी बढ्ने योग छ।
कर्कट- आजको दिन आम्दानी बढ्ने समय छ। इष्टमित्रको साथ पाइएला। व्यापार, व्यवसायको क्षेत्र सफल रहला।
सिंह- आजको दिन निराशामा बित्ला। साथीभाइसँग मनमुटाव होला। आजको दिन तपाईंका लागि प्रतिकुल छ। काममा पनि अवरोध उत्पन्न हुन सक्छ।
कन्या- आजको दिन पेशा, व्यवसायमा समस्या उत्पन्न हुन सक्छ। स्वास्थ्य भने सबल छ। त्यसैले हिम्मतले काम लिनु होला।
तुला- आजको दिन प्रशस्त आम्दानी हुन सक्छ। बुद्धि, विवेकको प्रयोगद्वारा लक्ष्यमा पुग्न सकिने छ। समय अनुकुल छ।
वृश्चिक- आजको दिन प्रियजनसँग भेटघाटमा मन रमाउने छ। अपेक्षाकृत कामहरू फटाफट सम्पादन हुने छन्। आज फाइदै फाइदा हुन सक्छ।
धनु- खानपानमा सावधानी नअपनाउँदा स्वास्थ्यमा समस्या आउने छ। आज यात्राको योग नभएकाले त्यतातिर मन नदिनु नै उपयुक्त हुनेछ।
मकर- आज समाजसेवामा मन जानेछ। आम्दानीका स्रोत बढ्ने छन्। तपाईंको विचारसँग सहमत हुने वर्ग ठूलो हुनेछ।
कुम्भ- आज डुबेको रकम हातलागी हुने योग छ। टाढाको यात्रामा निस्किने समय पनि छ। आम्दानीका स्रोत बढ्ने छन्।
मीन- आज घरमा पाहुनाले सताउलान्। आजको दिन यात्रामा निस्किने योग छैन। आज सुख, दुःख बराबरीको समय छ। आम्दानी भने राम्रो हुन सक्छ।