मेष- परिवारजन टाढिएलान्। नजिक बनेर धोका दिनेहरूबाट सावधान रहनु होला। पितृ धनमा विवाद देखिन सक्छ। व्यापार, व्यवसाय भने फलदायी रहलान्।
वृष- आजको दिन साझेदारी व्यवसाय लाभदायक रहला। भौतिक साधन प्राप्तिको योग छ। रमणीय यात्रामा निस्किने सम्भावना पनि छ।
मिथुन- दाम्पत्य जीवन सुखद रहला। परोपकारजन्य काममा मन जाला। व्यापारिक गतिविधिबाट राम्रो लाभ प्राप्त होला। दीर्घकालीन योजना गोप्य राख्नु उत्तम हुनेछ।
कर्कट- समयमा निर्णय लिन नसक्नाले प्राप्त भइसकेको अवसर गुम्ला। आज विवादमा परिने योग भएकाले तौलेर मात्र बोल्नु होला। खर्च बढ्ने योग पनि छ।
सिंह- आजको दिन अनावश्यक खर्च बढ्न सक्छ। आश्वासन दिनेहरूबाट धोका होला। अभिभावकको सुझाव बेवास्ता गर्दा दुःख पाइएला।
कन्या- मिहिनेती स्वभाव, परिश्रमी बानी र साथीभाइको सहयोग जुट्नाले आजको दिन लाभदायक रहला। व्यापार, व्यवसायमा पनि अपेक्षाकृत लाभ हासिल होला। पाहुनाले भने सताउन सक्छन्।
तुला- आफ्नो प्रतिभाका कारण प्रभावित भएर साथ, सहयोग दिनेहरू बढ्ने छन्। मिहिनेती स्वभावले लक्ष्यमा पुग्न सकिने छ। मान, प्रतिष्ठा आर्जन होला।
वृश्चिक- आश्वासन दिएर झुक्याउनेहरूबाट सावधान रहनु होला। स-साना अलमलले ठूला काम फुत्किन सक्छन्। आजको दिन गफाष्टकमा नअल्झिनु नै उत्तम हुनेछ।
धनु- साथीभाइको हौसलाले महत्त्वपूर्ण काममा सफलता प्राप्त होला। विवादको योग भएकाले बोल्दा एकदमै सावधानी अपनाउनु होला। आजको दिन आकस्मिक धनलाभको योग पनि छ।
मकर- श्रमको मूल्यांकन हुन सक्छ। आफन्तजनबाट टाढिनु पर्दा मन खिन्न हुनेछ। काममा समस्याका बावजुद सफलता हातलागी हुन सक्छ। नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ।
कुम्भ- प्रयत्नअनुसार उपलब्धी पनि हासिल हुन सक्छ। स्वास्थ्य कमजोर रहने छ। अनावश्यक भेटघाटले महत्त्वपूर्ण काम अधुरो रहन सक्छ। अध्ययन, अध्यापनमा त्यति सफलता प्राप्त नहोला।
मीन- खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। तथापि, नसोचेको काम फटाफट बन्ने सम्भावना छ। लेनदेन कारोबारमा विवाद आउन सक्छ। सापटी लिएर नतिर्नेहरूले सताउने छन्।