काठमाडौं- मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच वार्ता निष्कर्ष विहीन भएको छ । माइतीघरस्थित शान्ति बाटिका बसेको वार्ता विना निष्कर्ष सकिएको हो।
Advertisement
मिटरब्याज पीडितले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका ६ बुँदे मागपत्र पेश गरेका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा १९ सदस्यीय टोली बनाएको छ भने सरकारले गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा टोली बनाएको छ ।
