ओखलढुंगा- २४ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा मानेभञ्ज्याङ गाउँपालिका-२ वाक्साका ६० वर्षीय गोपाल कटवाल छन्। उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
कटवालले ती महिलालाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा जिल्ला
प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो। घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।