मेष- आजको दिन तपाईंको मिहिनेत र परिश्रमको कदर हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आर्थिक पक्ष सबल रहने छ।
वृष- आजको दिन प्रेमलाई विवाहमा परिणत गर्ने समय छ। दिन रमाइलोसँग बित्नेछ। कतैबाट आकस्मिक धनलाभ हुने सम्भावना पनि छ।
मिथुन- आज विवाद बढ्ने योग भएकाले बोल्दा विचार पुर्याउनु उत्तम हुनेछ। मिहिनेतका बावजुद उपलब्धी कम नै होला। थकान अनुभव हुन सक्छ।
कर्कट- हाँके ताकेका काम सम्पन्न हुने छन्। व्यापार, व्यवसाय पनि सन्तोषजनक रहने छन्। त्यसका बावजुद मनमा वैराग्य उत्पन्न हुन सक्छ।
सिंह- विशिष्ट व्यक्तिको सहयोगले ठूला काम सम्पादन गर्न सकिने छ। पारिवारिक सुख प्राप्त हुनेछ। लक्ष्य प्राप्ति धेरै टाढा छैन, निरन्तर प्रयास गरिरहनु होला।
कन्या- औद्योगिक र व्यापारिक क्रियाकलापले लाभ दिलाउलान्। मित्रताको बन्धन कसिलो बन्नेछ। अध्ययन, अध्यापनमा प्रगति होला।
तुला- आज हानीको योग रहकाले सतर्कता आवश्यक देखिन्छ। पारिवारिक झमेला हुन सक्छ। अनावश्यक खर्चबाट पनि बच्नु होला।
वृश्चिक- पढाइ र सिर्जनशील क्षेत्रमा प्रगति हासिल होला। पुराना साथीभाइसँगको भेटले मन आनन्दित रहला। घरमा भने पाहुनाले सताउन सक्छन्।
धनु- दीर्घकालीन योजनाहरूमा गोपनीयता जरुरी देखिएको छ। आजको दिन भौतिक साधन जुटाउने समय छ। आम्दानीका स्रोत बढ्ने छन्।
मकर- रमणीय यात्राको योग छ। बौद्धिक क्षेत्र सबल रहला। आम्दानी राम्रै रहला। घरायसी समस्याले भने सताउन सक्छन्।
कुम्भ- आजको दिन शासक वर्गबाट फाइदा हुने सम्भावना छ। तथापि, अरूको भर नपर्नु होला, धोका दिन सक्छन्। समयमा निर्णय लिन नसक्दा बनिसकेको काम फुत्किन सक्छ।
मीन- आजको दिन लाभदायक छ। पितृ धनबाट लाभ हासिल हुनेछ। टाढाको यात्राको योग रहेकाले दिन रमणीय बित्न सक्छ। काम अपेक्षाकृत सफलता प्राप्त होला।