काठमाडौँ – गायक तथा मोडल दुर्गेश थापासहित ३ जनाविरुद्ध झैझगडा र कुटपिटको गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् । महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।
शनिवार मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरेको रिदमको आरोप छ । यस विषयमा बुझ्न खोज्दा दुर्गेशको फोन उठेन । उनले फेसबूकमा आइतवार एक स्टाटस लेखेका छन्,
उनले लेखेका छन्, ‘आफ्नो परिवारको गरिमामाथि कसैले आँच पुर्याउँदा कुनै पनि सन्तान चुप लागेर बस्दैन ।’
दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए। ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा हुने डीएसपी जीसीले बताए ।