काठमाडौँ – अभिनेत्री बेनिशा हमाल निर्देशित छोटो फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ । चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरी प्रमुख भूमिकामा देखिएका छन् ।
बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन्। ‘यो मेरो पहिलो प्रयास हो। पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु’, उनले भनिन्।
बेनिशा हमालको होम प्रोडक्सन मौरी पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ ।
केदार भुषाल कार्यकारी निर्माता रहेका चलचित्रमा सन्दीप घिमिरे मुख्य सहायक निर्देशन, किशोर केसी र सदीक्षा गौतम सहायक निर्देशन, आशिष पुडासैनीको प्रोडक्सन, नवीन अवालको कला निर्देशन रहेको छ ।
यो फिल्म सिनेमाघर एपबाट मोबाइल, ट्याब्लेट, आइप्याड र विभिन्न स्मार्ट टिभिमा विश्वभर बाट हेर्न सकिन्छ।