काठमाडौँ – सुरेश अधिकारीको स्वरमा रहेको ‘झरनाको चिसो पानी’ सार्वजानिक भएको छ । यो पुरानो गितलाई रिमेक भर्सनमा ल्याएको छ ।
Advertisement
यो गीत सगरमाथा डिजिटल प्रा.लिले रिमेक गरेर नयाँ भर्सनमा ल्याएको हो । नयाँ भर्सनमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् ।
अनिल के मानन्धरको निर्माण रहरेको भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् ।
गीतको सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् । सुरेश अधिकारीको शब्द र निरज कुमार सुनारको सङ्गीत छ ।
कम्पन सगरमाथाका अध्यक्ष हिरा केसीले ‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको बताए । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् ।
Start at
0:04