काठमाडौँ – आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विभिन्न समुदाय सम्बन्धी चलचित्रले आफूलाई धेरै मनोविज्ञान जानकारी भएको बताए । उनले समुदायको भावना र मर्म बुझ्न चलचित्र अभिनय गर्दा सहयोग पुगेको बताए ।
उनले चलचित्रमा श्रीमान र श्रीमतीको सम्बन्ध बिग्रिएपछि नयाँ सम्बन्ध बनाएर अघि बढ्न सकिँदो रहछ भन्ने लागेको बताए । त्यस्तै अभिनेत्री मिरुना मगरले फिल्मप्रति आफ्नो व्यक्तिगत लगाव रहेको र भोग्दै आएको कथावस्तुमा अभिनय गर्न पाएँदा खुशी लागेको बताइन् ।
चलचत्रि निर्देशक उपेन्द्र सुब्बाले लिम्बू समुदायमा जारी भनेको छोरीचेलीहरुको विवाह भइसकेपछि पनि श्रीमानद्वारा पीडित भएभने स्वेच्छाले अर्को जीवनसाथी रोज्न पाउने चलनका रुपमा रहेको बताए ।
उपेन्द्र सुब्बाको कथावस्तु तथा निर्देशन रहेको फिल्ममा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकाकरको अभिनय रहेको छ ।