काठमाडौँ – दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ को छायाङ्कन सुरु भएको छ ।
Advertisement
फिल्मको आज शुक्रबारबाट छायाङ्कन सुरु भएको हा । पशुपतिनाथको परिसरमा अभिनेता विपिन कार्कीको पहिलो सट खिच्दै निर्माण युनिटले फिल्मको छायाङ्कन सुरु गरेको छ।
विपिनका अलावा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय फिल्म रहनेछ । आउँदो वर्षको दसैँमा रिलिज हुने बताइएको फिल्ममा विपिन कार्की शीर्ष भूमिका छन् ।
उनले ‘भष्मे डन’ को रूपमा अभिनय गर्ने बताइएको छ । टुकी आर्ट्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन सेडुल ३० दिन हुने बताए।